देवघाटमा दुई वडाका नयाँ भवन निर्माण « Khabarhub

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।

देवघाट गाउँपालिका–४ र ५ को भवन निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह भएको छ । जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानी ८३ लाख १४ हजार आठ सय तीनमा देवघाट गाउँपालिका–४ को भवन निर्माण गरिएको हो भने वडा नं ५ को भवन ९४ लाख नौ हजारको लागतमा निर्माण भएको हो ।

सोही वडामा रहेको चक्रवर्ती आधारभूत विद्यालयको स्वामित्वको जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक गीता रानाभाटले भने विद्यालयलाई नै जग्गा अपुग भइरहेको अवस्थामा कुनै परामर्श नै नगरी विद्यालयको जग्गामा वडा कार्यालयको भवन बनाएको गुनासो गरिन् ।

यसैगरी देवघाट गाउँपालिका–५ क्युँदीमा पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

भवनका निम्ति गण्डकी प्रदेश सरकारले एक करोड ५० लाख प्रदान गरेको थियो । भवनमा दुई सय सीट क्षमताको सभाकक्ष पनि छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ०२ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि