मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध | Khabarhub Khabarhub

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा गरिएको । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।

मधेस प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीको उपस्थितिमा भएको समारोहमा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतम र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) गण्डकी पोखराका अध्यक्ष कमला गिरीले आपसी मित्रता, भ्रमण र अनुभव आदानप्रदान गरिने बताउँदै मितेरी सम्बन्ध कायम गरिएको घोषणा गरेका हुन् ।

गण्डकीबाट मधेसका पर्यटकीयस्थल अवलोकन र थप सम्भावनाबारे अध्ययन गर्न मधेस आएको गण्डकी टोलीको सम्मानमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आयोजना गरेको सम्मान समारोहमा यो घोषणा भएको हो ।

समारोहमा पर्यटन व्यवसायी महिला सङ्घ गण्डकी पोखराकी अध्यक्ष गिरीले मधेस धार्मिक पर्यटनको दृष्टिले उर्वर रहेको धारणा राखिन् । उनले भनिन्, ‘यहाँ सप्तरीबाट पर्सासम्मका आठै जिल्लामा प्राचीन धार्मिक सम्पदा रहेछन्, यद्यपि तिनको समुचित व्यवस्थापन हुनसकेको रहेनछ ।’

समारोहमा सरिक मधेस सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, श्रम तथा यातायातमन्त्री बेची लुङ्गेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाको ध्यानाकर्षण गराउँदै उनले आर्थिक वर्ष २०८१–८२ को बजेटमा ध्यान दिन आग्रह गरिन् ।

उनले तीनैजना मन्त्री, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र होटल तथा पर्यटन व्यवसायी सङ्घलाई गण्डकी भ्रमणको निमन्त्रणा हस्तान्तरण गरिन् ।

मन्त्री भट्टराईले मधेसमा पर्यटन पूर्वाधारका काम योजनाबद्ध रूपले अघि बढ्ने प्रतिबद्धता जनाए । प्राचीनकालदेखिका जनमनमा स्थापित धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गरिने उनको भनाइ थियो ।

मन्त्री लुङ्गेलीले मन्त्रालयमातहतका कामलाई पारदर्शी बनाउन आपूm लागिपरेको बताइन् । राज्यमन्त्री थापाले आफ्नो तहबाट प्रदेशको पर्यटन प्रवर्द्धनका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

समारोहमा उद्यममा महिला सहभागिता बढाउन र आर्थिक उपार्जनमा महिलालाई अग्रसर गराउनेबारे ‘दिगो पर्यटनका लागि समान सहभागिता’ विषयमा भएको छलफलमा मधेस र गण्डकीका व्यवसायीले आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : २९ बजे

रातो मछिन्द्रनाथको रथयात्रा सुरू (फोटोफिचर)

काठमाडौं – वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ

उत्पादनका आधारमा किसानलाई अनुदान

गोरखा – गण्डकी गाउँपालिकाले पालिकाभित्रका किसानलाई व्यावसायिक तरकारी उत्पादनका आधारमा

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा रङ्गीन प्रकाश

केप क्यानभरल । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार

आजका समाचार : कांग्रेस बैठकदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै अनशनसम्म

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी प्रमुख

गण्डकीको कला, साहित्य विश्वभर फैलाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका कला र साहित्यलाई