फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ « Khabarhub

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.2k
Shares
  • change font
  • change font
  • change font

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु भएको छ । विगतको चुनावी परिणााम हेर्दा करिब १६ हजार मतदाता रहेको फाकफोकथुममा कांग्रेस र एमाले दुबै दल समानान्तर शक्तिका रुपमा देखिएका थिए ।

कुल १६ हजार मतदतामध्ये गत स्थानीय चुनावमा फाकफोकथुममा ११ हजार मत खसेको थियो । अहिले पनि यो पालिकामा करिब १० हजारको हाराहारीमै मत खसेको छ ।

गत स्थानीय चुनावमा फाकफोकथुमबाट एमालेका दीपेन्द्र खनालले ५३२२ मत पाएर पालिका अध्यक्षमा जितेका थिए भने प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर थापाले ४८२१ मत पाएका थिए । अध्यक्षमा कांग्रेसको भन्दा एमालेको ५०१ मत बढी देखिएको थियो ।

तर, वडातर्फ हेर्ने हो भने कुल ७ वटा वडा रहेको फाकफोकथुममा एमालेले तीनवटा वडामात्रै जितेको थियो भने कांग्रेसले चारवटा वडा जितेको थियो ।

कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा  थियो भने वडा नम्बर ३, ५, ६ मा एमालेले जितेको थियो ।

यहाँ पालिका अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेनले १८० भोट ल्याएको थियो भने जसपाका उम्मेदवारले ६३ मत ल्याएका थिए ।

प्रतिनिधिसभाको चुनावमा भने यहाँबाट कांग्रेसका डम्बर खड्काको भन्दा सुवास नेम्वाङको पक्षमा बढी मत खसेको थियो ।

स्थानीय चुनावको पुरानो अंकगणितकै आधारमा यसपालि पनि कांग्रेस र एमालेकै वीचमा मत बाँडिन्छ या घण्टी र मुढामा पनि ‘भोट ट्रान्सफर’ हुन्छ ? यो रुझान हेरेर अन्य पालिकाको पनि ‘ट्रेन्ड एनालाइसिस’ गर्न सकिने छ ।

फाकफोकथुमको वडा नम्बर १ यसअघि कांग्रेसले जितेको ठाउँ हो । कांग्रेसले यहाँ ८०४ मत ल्याउँदा एमालेले ४७७ मत पाएको थियो । माओवादीसँग यो वडामा २५५ मत थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : ०४ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,