पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए « Khabarhub

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । 

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ ।  

चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् छ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ 

चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु ७१ करोड सात लाख ८४ हजार तीन सय १४  छ । कुल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु तीन अर्ब एक करोड ४५ लाख ८८ हजार नौ सय ३८ रहेको छ ।  

उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व संकलन गरेको जनाएको छ । गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए ।  दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१  थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२  थियो ।

त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५  छ । गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार चार सय २७ छ । 

गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता रु चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार तीन सय ५५ छ । कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन गरेको थियो । 

गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आँकलन गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : ५६ बजे

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरू)

लुम्बिनी– पुस महिनाको सुरुवातसँगै चिसो बढेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ– यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन

सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौं– हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क

विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन

काठमाडौं– कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी