विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन « Khabarhub

विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा समेत निर्माण सम्पन्न गर्न ढिलाइ भएको छ ।  

श्रेष्ठ रमण एपेक्स जेभीले ठेक्का लिएको सो सडक निर्माण शुरु भएको ६ वर्ष बढी हुँदा समेत निर्माण सम्पन्न हुन नसकेको हो । २०७६ भाद्र २३ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको गौरवको यो सडक खण्ड मध्ये पहिलो र दोस्रो प्याकेज दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता थियो । 

दोस्रो प्याकेज सम्पन्न भएको निकै दिन भइसक्दा समेत पहिलो प्याकेज अन्तर्गत विराटचोक देखि नेता चोक सम्मको १० किलोमिटर सडक खण्ड निर्माण कार्य अझै पुरा हुन सकेको छैन ।

पहिलो प्याकेज अन्तर्गत करिब ८५ प्रतिशत भौतिक र ८४ प्रतिशत वित्तीय प्रगति भएको छ । सो सडक खण्डको ५ पटक म्याद थप गरिएकोमा अन्तिम पटक माघ ३ गते सम्म म्याद रहेको र लगातार काम गरे ४ दिनमा काम सम्पन्न हुने भए पनि ठेकेदारले काम नगरिरहेको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख खरानन्द इसरले जानकारी दिए ।

उनले ठेक्काको म्याद अझै बाँकी रहेको र तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिने बताए ।  

कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्वी भेग सँग जोड्ने वैकल्पिक सडकको रुपमा रहेको विराटचोक नेताचोक सडक खण्डको निर्माण लागत ६८ करोड ६६ लाख ४९ हजार रुपैयाँ रहेको छ । निर्माणमा ढिलाइ हुँदा लागत अनुमान बढ्ने पूर्वाधार विकास कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ४४ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न