हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड « Khabarhub

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । 

परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ ।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका थिए । परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पसमाथि ढुंगामुढा समेत प्रहार गरेका थिए ।

ढुंगामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थितलाई नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ४४ बजे

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई