बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प छैन् : कमल थापा | Khabarhub Khabarhub

बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प छैन् : कमल थापा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् ।

आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगती तर्फ मात्र लैजाने जिकिर गरे । 

भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिए । विकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको वातावरण तयार गर्न जिल्ला अध्यक्षहरुसङ्ग आग्रह पनि गरे ।

एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको विगतलाई हेरेर समान बिचार भएका बीच मोर्चा बनाउने प्रस्तावले मूर्तरूप नलिएकोमा चिन्ता व्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे । तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे।

वैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसङ्ग भएकोले  पार्टीलाई बलियो शक्ति बनाउन क्रियाशीलगतिशील हुनुपर्नेमा समेत जोड दिए । बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरूले जिल्लाको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ०७ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा