बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प छैन् : कमल थापा « Khabarhub

बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प छैन् : कमल थापा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् ।

आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगती तर्फ मात्र लैजाने जिकिर गरे । 

भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिए । विकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको वातावरण तयार गर्न जिल्ला अध्यक्षहरुसङ्ग आग्रह पनि गरे ।

एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको विगतलाई हेरेर समान बिचार भएका बीच मोर्चा बनाउने प्रस्तावले मूर्तरूप नलिएकोमा चिन्ता व्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे । तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे।

वैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसङ्ग भएकोले  पार्टीलाई बलियो शक्ति बनाउन क्रियाशील र गतिशील हुनुपर्नेमा समेत जोड दिए । बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरूले जिल्लाको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ०७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको