बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता « Khabarhub

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १, २ र ३ को मतगणना भइसक्दा भण्डारीले १२ सय ६३ मतसहित अग्रता दोब्बर बनाएका हुन् ।

सुरुबाटै अग्रता बनाएका भण्डारीले छबिसपाथिभेरा गाउँपालिकाका तीनवटा वडाको मतपरिणामअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले ६३६ मतसहित पछ्याइरहेका छन् । यहाँ यी दुईजनाको मतान्तर ६२७ मत रहेको छ ।

यहाँ तेस्रोमा माओवादीका केन्द्रका जनक बुढा र चौथोमा एकीकृत समाजवादीका दिलबहादुर सिंह छन् ।

बझाङ अपडेट :

दमन भण्डारी (एमाले)-१२६३

अभिषेक सिंह (कांग्रेस)-६३६

जनक बुढा (माओवादी केन्द्र)-२२६

दिलबहादुर सिंह (एकीकृत समाजवादी)-११५

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ३४ बजे

एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले