बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता « Khabarhub

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १, २ र ३ को मतगणना भइसक्दा भण्डारीले १२ सय ६३ मतसहित अग्रता दोब्बर बनाएका हुन् ।

सुरुबाटै अग्रता बनाएका भण्डारीले छबिसपाथिभेरा गाउँपालिकाका तीनवटा वडाको मतपरिणामअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले ६३६ मतसहित पछ्याइरहेका छन् । यहाँ यी दुईजनाको मतान्तर ६२७ मत रहेको छ ।

यहाँ तेस्रोमा माओवादीका केन्द्रका जनक बुढा र चौथोमा एकीकृत समाजवादीका दिलबहादुर सिंह छन् ।

बझाङ अपडेट :

दमन भण्डारी (एमाले)-१२६३

अभिषेक सिंह (कांग्रेस)-६३६

जनक बुढा (माओवादी केन्द्र)-२२६

दिलबहादुर सिंह (एकीकृत समाजवादी)-११५

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ३४ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु