डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित  « Khabarhub

डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक पुस्तकको रुपमा पैसाको उडान प्रकाशित भएको छ ।

 राजनीतिको कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्त लगायत अभौतिक कुरा किन्न सक्छु भनेर साइकोपथमा हिँडेको विषयमा यो उपन्यास लेखिएको छ ।

पैसालाई आवश्यकता पुरा गर्ने साधनको रुपमा नलिएर मृगतृष्णाको रुपमा लिँदा समाजका हरेक तह र तप्का व्यापारी भएको तर पैसाले एउटा सीमित समयसम्म मात्र खुसी प्रदान गर्ने तथ्यलाई नबुझ्दा जीवन पैसाको दास भएको तथ्य ५६ वटा च्याप्टरमा मार्मिक ढंगले उजागर गरिएको छ । 

आम छोराछोरी विदेश बस्ने तर यहाँ बाबुआमाले जीवनभर कमाएको पैसा भविष्यमा कसैलाई पनि काम नलाग्ने अवस्थाले मानसिक विचलन ल्याएको कुरा उपन्यासमा प्रस्तुत गरिएको छ ।

पारम्परिक रुपमा लेखिँदै आएको उपन्यासको ट्रेन विपरित समीरले मृत्युको आयु तथा कोरोनातन्त्र पनि लघुकथा शैलीमा लेखेका थिए । यी कृतिले उपन्यास लेखनको नयाँ आयाम देखाउन सफल भएका छन् ।

डा। समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, एकलव्य दृष्टि, भूकम्पमा मल्हमपट्टी, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा पुस्तक प्रकाशित छन् ।

समीरले पद्मश्री पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल सम्मान लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ५० बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ