डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित  « Khabarhub

डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौंलघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक पुस्तकको रुपमा पैसाको उडान प्रकाशित भएको छ ।

 राजनीतिको कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्त लगायत अभौतिक कुरा किन्न सक्छु भनेर साइकोपथमा हिँडेको विषयमा यो उपन्यास लेखिएको छ ।

पैसालाई आवश्यकता पुरा गर्ने साधनको रुपमा नलिएर मृगतृष्णाको रुपमा लिँदा समाजका हरेक तह र तप्का व्यापारी भएको तर पैसाले एउटा सीमित समयसम्म मात्र खुसी प्रदान गर्ने तथ्यलाई नबुझ्दा जीवन पैसाको दास भएको तथ्य ५६ वटा च्याप्टरमा मार्मिक ढंगले उजागर गरिएको छ । 

आम छोराछोरी विदेश बस्ने तर यहाँ बाबुआमाले जीवनभर कमाएको पैसा भविष्यमा कसैलाई पनि काम नलाग्ने अवस्थाले मानसिक विचलन ल्याएको कुरा उपन्यासमा प्रस्तुत गरिएको छ ।

पारम्परिक रुपमा लेखिँदै आएको उपन्यासको ट्रेन विपरित समीरले मृत्युको आयु तथा कोरोनातन्त्र पनि लघुकथा शैलीमा लेखेका थिए । यी कृतिले उपन्यास लेखनको नयाँ आयाम देखाउन सफल भएका छन् ।

डा। समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, एकलव्य दृष्टि, भूकम्पमा मल्हमपट्टी, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा पुस्तक प्रकाशित छन् ।

समीरले पद्मश्री पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल सम्मान लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ५० बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३