पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी | Khabarhub Khabarhub

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ । उक्त जहाज दुबई हुँदै शनिबार राति १० बजे काठमाडौंमा अवतरण भएको हो ।

इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

उनले भने, ‘उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत सङ्गठन (एमआरओ) मा मर्मत गराइएको थियो । मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौँ आइपुगेको छ ।’

पौडेलका अनुसार उक्त जहाजका ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने भएको छ ।

‘मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको छ । एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरू एवम् प्राविधिकको प्रतिवेदनअनुसार बजारमा त्यसका पार्टपुर्जा अभाव भएकाले मर्मतसम्भार कार्यमा ढिलाइ हुन पुगेको हो’, प्रवक्ता पौडेलले भनेका छन् ।

जहाज मर्मतका लागि इजरायलस्थित नेपाली दूतावासले पनि समन्वय गरेको थियो ।

‘उक्त कार्यमा इजरायलस्थित नेपाली दूतावासबाट भएको सहयोग र समन्वयका लागि निगम आभार प्रकट गर्दछ’, पौडेलले भनेका छन्, ‘जहाजको इञ्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’

उक्त जहाज यही वैशाख १० गते मर्मत सकी उडान भर्ने तालिका थियो । तर ल्याण्डिङ गियरको अल्टरनेटिभ ब्रेकिङ सिस्टममा देखिएको प्राविधिक समस्या पनि हल गर्दा ढिलाइ भएको निगमको भनाइ छ ।

उक्त जहाज मर्मतका लागि भन्दै निगमले गत पुस २६ गते इजरायल पठाएको थियो । निमगले एयर बसको मर्मत इजरायलको एयरोस्पेस इन्डस्ट्रिज (आईएआई) ले गर्दै आएको छ।

इन्जिनमा समस्या आएपछि यो विमानलाई मंसिर १५ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्काइएको थियो। त्यसको एक महिनापछि पुस २६ गते मात्रै यो जहाजको इन्जिन मर्मतका लागि इजरायलतर्फ पठाइएको थियो ।

पाँच महिनासम्म जहाजले उडान भर्न नपाउँदा निगमलाई २ अर्ब रूपैयाँ नोक्सानी भएको छ। यसबाहेक बजार हिस्सा पनि यस अवधिमा २५ प्रतिशतबाट घटेर १२ प्रतिशतमा सीमित भएको छ। नेपाल एयर लाइन्सको उडान नहुँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स र विदेशी हवाई सेवा कम्पनीहरूले लाभ लिने मौका पाए ।

पाँच महिनासम्म इजरायलमा रहेको जहाज ल्याएपछि अब नियमित उडानमा लगाइने छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ०१ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ