निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो | Khabarhub Khabarhub

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ ।

इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

उनले भने, ‘उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत संगठन (एमआरओ) मा मर्मत गराइएको थियो । मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौँ आइपुगेको छ ।’

सो विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यमा इजरायलस्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार प्रकट गर्दछ । जहाजको इञ्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’ 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : १३ बजे

वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा

काठमाडौं – विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम

वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

माले – माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार

मलेसियामा एक नेपाली युवकको मृत्यु

बैतडी– बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१

आजका समाचार : संसद्‍को अवरोध कायमैदेखि उपेन्द्रले छाडेकै दिन सरकारमा अशोकको इन्ट्रीसम्म

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री