बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो « Khabarhub

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

 

बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १५ सय ९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ९९९ मत पाएका हुन् ।

यहाँ कांग्रेसका अभिषेक बहादुर सिंहले ९५५ मत पाउँदै तेस्रो स्थानमा धकेलिएका छन्।

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मत गनिसकिएको छ। पछिल्लो पटक वडा नम्बर ६ को मतगणना सकिँदा माओवादी उम्मेदवार बुढालाई अरुभन्दा दोब्बर मत झरेको हो । त्यहीकारण उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

बझाङमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ताजा अवस्थामा ५७२ मत ल्याएका छन् ।

बझाङमा सबै दलहरू एक्ला एक्लै चुनावी मैदानमा थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन ।

बझाङ अपडेट :
दमन भण्डारी (एमाले)-१५९२
जनक बुढा (माओवादी केन्द्र)-९९९
अभिषेक सिंह (कांग्रेस)-९५५
दिलबहादुर सिंह (एकीकृत समाजवादी)-५७२

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ४९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली