बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो « Khabarhub

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

 

बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १५ सय ९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ९९९ मत पाएका हुन् ।

यहाँ कांग्रेसका अभिषेक बहादुर सिंहले ९५५ मत पाउँदै तेस्रो स्थानमा धकेलिएका छन्।

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मत गनिसकिएको छ। पछिल्लो पटक वडा नम्बर ६ को मतगणना सकिँदा माओवादी उम्मेदवार बुढालाई अरुभन्दा दोब्बर मत झरेको हो । त्यहीकारण उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

बझाङमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ताजा अवस्थामा ५७२ मत ल्याएका छन् ।

बझाङमा सबै दलहरू एक्ला एक्लै चुनावी मैदानमा थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन ।

बझाङ अपडेट :
दमन भण्डारी (एमाले)-१५९२
जनक बुढा (माओवादी केन्द्र)-९९९
अभिषेक सिंह (कांग्रेस)-९५५
दिलबहादुर सिंह (एकीकृत समाजवादी)-५७२

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ४९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु