कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा « Khabarhub

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।

 स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक  बिहान ९ देखि अपराह्न १२ बजेसम्म र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौँडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। सो नियमअनुसार आगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ । 

ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्जाङ, भट्टेडाँडा, बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ३३ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी