'ब्लु हिल' मा परिणत हुँदै डोयको डाँडा | Khabarhub Khabarhub

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र बागलुङ बजार । डोयको उक्त पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्दै पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले योजना सञ्चालन गरेको छ ।

नगरपालिकाले डोयलाई नगरपालिकास्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण सुरु गरेको हो ।

 बागलुङ नगरपालिका-९ तित्याङको मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेर चालु आर्थिक वर्षबाट पूर्वाधार निर्माण थालेको छ । ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरेको छ । 

उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ । ब्लु हिलमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका पूर्वाधार निर्माण गर्न २४ करोड ५६ लाख २२ हजार लागत अनुमान गरिएको छ । 

ब्लु हिलमा आन्तरिक पर्यटक पुर्‍याउने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले चालु आवमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु ७० लाख बजेटअन्तर्गत अहिले जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम धमाधम थालेको छ । 

समुन्द्री सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा डोय डाँडा ‘ब्लु हिल’ छ । डाँडामा पर्यटकीय सडकसहितका पूर्वाधार निर्माण गर्ने नगरपालिकाको लक्ष्य  छ ।   

हाल सम्म जग्गा व्यवस्थापनमा रु २० लाख खर्च भइसकेको छ । पर्खाल लगाउने र शिवमन्दिर निर्माणको काम भइसकेको बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । 

डिपीआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याउने स्थानीयको योजना छ । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : १५ बजे

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल बीच छुट सम्झौता 

काठमाडौं– प्रभु बैंकका कर्मचारीलाई ललितपुरमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड

सुरूमा विरोध गरेका ओलीले पास भएपछि भने : बजेट राम्रो छ

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासकाबीच इजरायलद्वारा गाजामा बम प्रहार

काठमाडौं– संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगहीरुलाई लेबनान सीमामा हिंसा बढ्न

‘अब निर्वाचन प्रणालीमा संशोधन आवश्यक भइसक्यो’

संघीयता आएपछि मुलुकले छलाङ मार्छ भनिएको थियो । नेताहरूले पनि