आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै « Khabarhub

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई हराएको छ ।

बैंंगलुरुले सिजनको लगातार दोस्रो जित निकाल्ने क्रममा विल ज्याक्सले ५१ बलमा शतक बनाए ।

टोलीले सिजनको ४५ औँ खेलमा गुजरात टाइटन्सलाई ९ विकेट हराएको हो ।

यस जीतपछि बैंगलुरुले प्लेअफमा पुग्ने आशा कायमै राखेको छ । बैंगलुरुले २०१ रनको चुनौती १६ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।

यो आईपीएलमा सबैभन्दा कम ओभरमा २०० भन्दा माथिको चुनौती भेट्टाएको रेकर्ड पनि हो ।

बैंगलुरुका लागि विल ज्याक्सले ४१ बलमा शतक बनाए । विराट कोहलीले ४४ बलमा ७० रनको योगदान दिए । यी दुई खेलाडीले ४४ बलमा १६६ रनको साझेदारी गरे ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले टस जितेर पहिले फिल्डिङ गरेको थियो । गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनायो ।

साई सुदर्शनले ८४ रनको योगदान दिए । शाहरुख खानले ५८ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले २६ रन बनाए । आरसीबीका लागि मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र स्वप्निल सिंहले १-१ विकेट लिए ।

यो जितपछि आरसीबी १० खेलबाट ६ अंकसहित तालिकाको अन्तिममै छ । उता गुजरात भने १० खेलबाट ८ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ३५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको