इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता « Khabarhub

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

यहाँ आइतबार दिउँसोबाट साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए । तर ४ नम्बर र ५ वडाको मत गनिसकेपछि एमालेका सुहाङले ७८० मतको फराकिलो अग्रता बनाएका हुन् ।

फाकफोकथुम वडा नम्बर ५ मा सुहाङलाई ७०७ मत खसेको छ । उता नेपाली कांग्रेसका डम्बरको पक्षमा २७२ मत मात्रै झरेको छ ।

यसअघि सुहाङलाई अग्रता दिलाएको वडा नम्बर ४ मा ९१२ मत खसेको थियो । त्यहाँ कांग्रेसका डम्बरलाई ५३९ मत खसेको थियो ।

ताजा अवस्थामा सुहाङले ३२ सय ४९ मत ल्याएका छन् । उता कांग्रेसका डम्बरले २४ सय ६९ मत ल्याएका छन् ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले) : ३२४९ (सूर्य)
डम्बर खड्का (नेपाली कांग्रेस) : २४६९ (रुख)
डेकेन्द्र थेगिम (पहिचान पक्ष स्वतन्त्र) : ६९६ (मुढा)
मिलन लिम्बू (राष्ट्रिय स्वतन्त्र पार्टी) : ४३४ (घण्टी)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ५४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको