प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा « Khabarhub

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको छ । जिरी नगरपालिका तथा वैतेश्वर र गौरीशंकर गाउँपालिकाको संगम स्थलको रूपमा रहेकोे धार्मिक तथा पर्यटकीय क्षेत्र हनुमन्ते डाँडा पर्यटकको सम्भावना बोकेको स्थान हो ।

सदरमुकाम चरिकोट देखि करिब ३५ किलोमीटर दुरीमा रहेको उक्त स्थान मुद्रीसतह देखि तिनहजार दुई सय मिटर उचाईमा अवस्थित छ ।

भगवान् रामका भक्त हनुमानको नामबाट प्रसिद्ध हनुमन्तेडाँडा दोलखाको एक रमणीय पर्यटकीय गन्तव्यको रुपमा लिन सकिन्छ । जिल्लाको कालिञ्चोक, भिमेश्वर , च्छोरोल्पा, विगु गुम्बा, शैलुङ, जिरीको जति प्रचारप्रसार नहुँदा यहाँको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ओझेलमा परेको दोलखाका अग्रज पत्रकार चिरञ्जीवी मास्केले बताए।

आइतबार हनुमन्ते क्षेत्रको अवलोकन गर्न हनुमन्ते पुगेका पत्रकार मास्के,गोकर्ण भण्डारीले पहिलोपटक हनुमन्ते पुग्दा निकै रमाइलो र अचम्मित भएको सुनाए। मास्के भन्छन्ह, ‘हनुमन्ते स्वर्गकै एक टुक्रा हो। यहाँ पहिलो पटक आउँदा भिरको टाकुरामा रहेकोे हनुमान मुर्ति,भिरको पहरामा रहेको शिवलिंग बाट बगिरहने जल तथा गाईको थुन जस्तो देखिने ढुङ्गाबाट झरेको जलको थोपाले अचम्मित पारेको छ ।’

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित हनुमन्ते डाँडामा वैतेश्वरको मैनापोखरी खावाहुँदै हनुमन्तेको वेसक्याम्प पुग्न करिब ४५ मिनेट लाग्छ भने, यहाँबाट करिब ७ सय मिटर सिढि पैदल हिँडेपछी हनुमानको मूर्ति रहेको भिरको टाकुरामा पुग्न सकिन्छ।

टाकुरा भन्दा केही माथि सिङ्गो दोलखालाई अवलोकन गर्न सकिने डाँडा रहेको छ। डाँडाबाट हनुमन्ते जस्तै प्रसिद्ध जिल्लाका कालिञ्चोक, भिमेश्वर मन्दिर, च्छोरोल्पा, विगु गुम्बा,सदरमुकाम चरिकोट बजार, जिरी, शैलुङ, वैतेश्वरका प्रसिद्ध स्थलको सहज रूपमा अवलोकन गर्न सकिन्छ। हनुमन्ते डाँडालाई हिन्दु धर्मग्रन्थमा रामायणसँग जोडिएको छ।

हनुमन्ते पर्वत प्राकृतिक रूपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको छ । हनुमन्ते पवित्र हिन्दु धार्मिक ग्रन्थ रामायणका महत्त्वपूर्ण पात्र हनुमान (रामका सेवक तथा वलवानको उपनामले चित्रित गरिएको)को नामसँग जोडिएको छ।

रामायणको युद्धमा लंकाका राजा रावणका भाइ इन्द्रजितले प्रहार गरेको व्रम्हाअस्त्र रामका भाइ लक्ष्मणलाई लागेपछि मृत्युशैयामा चिच्याइरहेका उनको उपचार संजिवनी वुटिको रसले मात्र गर्न सक्ने वैद्यहरूले बताए पछि हनुमान उक्त संजिवनी बुटी खोज्न हिमालय पर्वत जाँदा दोलखाको यिनै तिन पालिकाको सँगम स्थल हनुमन्ते पहाड पुगेको रामायणमा उल्लेख गरिएको छ ।

हिमालय पर्वतमा उपचारका लागि चाहिने संविजनी बुटी चिन्न नसकेपछि उनले एउटा सिङ्गो पहाड नै वोकेर ल्याएको प्रसङ्ग पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ ।कथन अनुसार जडीबुटी खोज्ने क्रममा हनुमानजी यही डाँडा वरिपरि भौतारिएका थिए रे यसरी यो ठाउँको नाम हनुमन्ते डाँडा रहन गएको पुराना पुस्ताका जानकारहरू बताउँछन् ।

हनुमानको मूर्ति आफै उत्पत्ति भएको जनविश्वास छ। असली मूर्ति केही वर्षअघि चोरी भएकोले हालै नयाँ मूर्ति स्थापना गरिएको छ। मूर्ति नजिकै सानो गुफा पनि छ, जहाँ शिवलिंग छ। अलिक मुनितिर खोंचमा हनुमानका मूर्ति र गुफा छन् । सोही खोचमा गुफाको भित्तामा पाँचवटा गाईको थुनजस्तो देखिने ढुङ्गाबाट निरन्तर जल झरिरहेको प्रत्यक्ष देख्न सकिन्छ।

माता सिताको जन्म स्थल जनकपुर,दोलखा भीमेश्वर र राम भक्त हनुमानले पहाड नै भत्काएको हुनुमन्ते डाँडा जोडेर रामायण सर्किटको विकास गर्न सके धेरै भारतका छिमेकीहरू जनकपुर हुँदै दोलखाका भित्र सक्ने गौरीशंकर गाउँपालिका स्थानीय पत्रकार जीवन लामाले बताए।

भारतमा संसारले चिन्ने गरी राम मन्दिर बन्यो त्यसै गरी हनुमन्ते टाकुरामा हनुमानको मूर्ति निर्माण गर्न सके जनकपुर जस्तै यस क्षेत्रले पनि नेपाललाई विश्वभर चिनाउन टेवा पुर्‍याउने लामाले बताए।

यस क्षेत्रमा दोलखाबाट प्रतिनिधित्व गर्ने पूर्व तथा बहालवाल सांसदहरूले हनुमानको मूर्ति बनाउने योजना बनाए पनि हालसम्म उक्त योजनाको कुनै सुरसार नभएको पाइएको छ। जिरी र वैतेश्वरका स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य गरेर डाँडासम्म पुग्न आंशिक संरचना बनाए पनि हालसम्म उपयुक्त योजना तथा कार्यक्रम बन्न नसकेको पाइएको छ।

साथै जिल्लाका अन्य पर्यटकीय स्थलको जति प्रचारप्रसार हुन सके हनुमन्तेले पनि सयौँ पर्यटक जिल्ला भित्र्याउन सक्ने वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए।

आजभोलि यस क्षेत्रमा गुराँस,चिमाल तथा उच्च क्षेत्रमा पाहिने बनस्पति फुलेर थप सुन्दरता दिएको देख्न सकिन्छ। जिरी,वैतेश्वर र गौरीशंकरले पर्यटकीय गुरुयोजना बनाएर बिकास गर्न सके हनुमन्ते क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटक भित्र्याउन सकिने छ।

-सुवास बस्नेत

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ४८ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका