अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित | Khabarhub Khabarhub

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकप अगाडिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ।

सोमबार राति अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर सुरुमा क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको हो। क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो।

नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्र्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाए।
दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

कप्तान रोहित पौडेल तीन बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा सन्दीप जोराले १० बलको सामना गर्दै ६ रन बनाए। गुल्शन झा चार बलको सामना गर्दै शून्यमा आउट हुँदा सोमपाल कामीले ४ रन जोडेका थिए । करण केसी र सागर ढकालले समान ५–५ रन बनाउँदा अविनाश बोहोरा एक बलको सामना गर्दै शून्यमा आउट भएका थिए ।

नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिए। उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो। साद बिन जाफर र जेरेमी गोर्डनले समान दुईदुई विकेट लिँदा कलिम साना र परगत सिंहले एकएक विकेट लिएका थिए।

यसअघि क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए। उनले ३९ बलमा ५२ रन बनाए। रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३-१३ रन बनाएका थिए। क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।

नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एकएक विकेट हात पारे।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : २८ बजे

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।