नौमती बाजाको रहर लाग्यो बरी लै ! « Khabarhub

नौमती बाजाको रहर लाग्यो बरी लै !



विराटनगर- एक समय भनिन्थ्यो, ‘बाहुनहरूले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो ।’ तर, यस्तो गलत परम्परागत सोचमा परिवर्तन ल्याउँदै नौमती बाजा संरक्षणमा जुटेका छन् मोरङ सुन्दरहरैचाका बाहुन–क्षेत्री समुदायका महिला ।

लोप हुँदै गएको नौमती बाजाको संरक्षण र सम्वर्द्धनमा यहाँका महिला जुटेका हुन् । बाहुन–क्षेत्री समुदायका महिला दिदीबहिनी स्थानीय स्तरमा हुने हरेक सार्वजनिक समारोहदेखि समुदायका महिला विवाह, व्रतबन्ध तथा शुभ कार्य हुँदा मिलेर नौमती र पञ्चेबाजा बजाउने गरेका छन् । नेपाली समाजमा गरिने माङ्गलिक कार्यमा नौमती बाजा घन्काएपछि उक्त कार्यको रौनक अर्कै हुने गर्दछ ।

नौमती बाजा महिला समुहमा आबद्ध मध्येकी एक सदस्य मोरङ सुन्दर हरैँचा– १२ की ५० वर्षीया कमला अधिकारी नौमती बाजा भित्र पर्ने सनाई बजाउन सक्रिय रहँदै आएकी छिन् । सुन्दरहरैंचा तथा आसपासका क्षेत्रमा विभिन्न शुभ साइतको लागि हुने सार्वजनिक समारोहदेखि माङ्गलिक कार्यमा नौमती बाजा घन्काउने मध्येको एक सदस्यका रुपमा अधिकारी सहभागी हुने गर्दछिन् ।

समूहकी ज्येष्ठ सदस्य समेत रहेकी अधिकारी भन्छिन्, ‘नौमती बाजा हाम्रो परम्परागत संस्कृति हो, सिकेर व्यावहारमा लागू गर्ने कुराको लागि उमेर र जातले छेक्ने कुरै भएन ।’

सुन्दरहरैचा नगरपालिकाले केही समय अघि महिलालाई नौमती बाजा बजाउने तालिम दिएको थियो । तालिम लिएपछि अधिकारीसहितको ९ जना महिला समुह गठन गरी अहिले लोप हुँदै गएको नौमती बाजा संरक्षणमा तिनै आमाहरु जुटेका छन् । तालिममा सहभागीतापछि उनीहरुले नौमती बाजा महिला समुह गठन गरी अहिले व्यवसायिक रुपमा नै नौमती बाजा बजाउन थालेका हुन् ।

बाहुन–क्षेत्री समुदायका महिला दिदीबहिनी स्थानीय स्तरमा हुने हरेक सार्वजनिक समारोहदेखि समुदायका महिला विवाह, व्रतबन्ध तथा शुभकार्य हुँदा मिलेर नौमती र पञ्चेबाजा घन्काउँछन् ।

नेपाली समाजमा गरिने माङ्गलिक कार्यमा नौमती बाजा घन्काएपछि उक्त कार्यको रौनक अर्कै हुने गर्दछ । सुन्दरहरैचा नगरपालिका– १२ ले १ लाख रुपैयाँ बजेटमा १५ दिनको नौमती बाजा बजाउने तालिम आयोजना गरेको थियो । सोही तालिममा सहभागी दिदीबहिनीहरुले तालिम हासिल पश्चात महिला समुह गठन गरी नौमती बाजा संरक्षणसँगै व्यावसायिक रूपमा काम काम गर्दै आएका छन् ।

वडा सदस्य निलम थापा भन्छिन्, ‘महिलालाई व्यावसायिक बनाउनका लागि नौमती बाजाको प्रशिक्षण दिएका हौँ, जाती विशेषको बाजा भन्ने अब कुनै दुविधा रहेन, अहिले उहाँहरुको समूहले ठूला–ठूला सार्वजनिक समारोहका कार्यक्रमदेखि गाउँघरमा हुने विवाह व्रतबन्धमा नौमती बाजा घन्काउँदै आउनु भएको छ ।’

स्थानीय स्तरमा हुने हरेक जस्तो कार्यक्रममा उनीहरुलाई बोलाउने गरिएको छ । एकै रंगको पहिरनमा सजिएर एक साथ उनीहरुले सार्वजनिक समारोह र माङ्गलिक कार्यमा नौमती बाजाको प्रयोग गर्दै आएका छन् । बाहुन र क्षेत्री समुदायका महिला मिलेर अभियान थालेपछि पञ्चेबाजा बजाउनेप्रति समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको स्वयं उनीहरुले महसूस गरेका छन् ।

समूह सदस्य रूपा लुइँटेल ढकालले नौमती बाजा समूहमा ९ जनाको टिम रहेको बताइन । जसमा २ दलित र अन्य सबै महिला सदस्य गैर दलित अथवा बाहुन र क्षेत्री समुदायका महिला दिदीबहिनी रहेका छन् ।

बाहुन–क्षेत्रीले त्यसमा पनि महिलाहरुले छुन समेत हुँदैन भन्ने मान्यतालाई चिर्न सुरुसुरुमा समस्या भएपनि अहिले आएर आफूहरूलाई नौमती र पञ्चे बाजा बजाएको देख्नेहरु भने केही हदसम्म प्रशंसा गर्न थालेको लुइँटेलले बताइन् ।

बाजा संरक्षण र केही आम्दानी समेत गर्न सकिन्छ भनेर सिकेको भएपनि अहिले आएर धेरैतिर बोलाउन थालेका छन ।

सुन्दरहरैचा तथा आसपासका क्षेत्रमा विभिन्न शुभ साइतको लागि नौमती र पञ्चे बाजा बजाउने कामका लागि महिलाहरुलाई सम्झन थालिएको छ ।

नौमती र पञ्चे बाजा महिला समुहमा आवद्ध महिला दिदीबहिनीले नौमती बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत बाजा विभाजन गरी बजाउँदै आएका छन् । आमाहरु नै नौमती बाजा संरक्षणमा जुटेपछि त्यसको प्रभाव घर, परिवार हुँदै समाजमा परेको सुन्दरहरैचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले बताए । संस्कृति संरक्षणका यस्ता रचनात्मक काममा नगर थप सक्रिय रहने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ९ : ३९ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन