आजका समाचार : प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, एमाले बैठकमा ओली कठोर, रेशम चौधरीलाई दिइएको माफी सदर र राष्ट्रसंघ महासभामा नेताहरूको सम्बोधन आजदेखि « Khabarhub

आजका समाचार : प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, एमाले बैठकमा ओली कठोर, रेशम चौधरीलाई दिइएको माफी सदर र राष्ट्रसंघ महासभामा नेताहरूको सम्बोधन आजदेखि


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, शिष्टाचार महापाल कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव, अंगरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट र डीएसपी दिपेश बस्याल अमेरिका गएका छन्।

महासभाका क्रममा उनले नेपालका तर्फबाट विश्व समुदायसमक्ष धारणा राख्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा सहभागिताका लागि उनको यो पहिलो औपचारिक अमेरिका भ्रमणसमेत हो ।

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

प्रतिनिधिसभाको आजको बैठकले उक्त सम्झौता सर्वसम्मतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो सम्झौताको प्रस्ताव संसद्मा पेस गरेकी थिइन्।

यसअघि बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले ‘राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका छन् ।

मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ?

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

दसैँमा घर जान सहज यातायातको व्यवस्था गर्न सरकारसँग रास्वपा सचेतक परियारको माग

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

फरक मत राख्नेलाई बोल्न दिँदैनन् ओली, कृष्णगोपालसँग भनाभन र कर्णलाई रोकेपछि योगेशलाई दिएनन् माइक

नेकपा (एमाले) को दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले फरक मत राख्न खोज्ने नेताहरूलाई बोल्न समय दिएनन् । खासगरी इतर समूहमा रहेर नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरूलाई उनले हलमा छेक्ने काम गरे।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी बैठकमा मंगलबार उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्न समय मागे पनि तत्काल बोल्ने अनुमति पाएनन्। त्यसपछि भट्टराईले आफ्नो धारणा समेटिएको आठबुँदे लिखित प्रस्ताव अध्यक्ष ओलीलाई बुझाएका छन्।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार भट्टराईले बैठकमै आफ्नो प्रस्ताव पढेर सुनाउन खोजेका थिए। तर ओलीले आफ्नो पालोमा बोल्न भनेपछि उनले लिखित प्रस्ताव बुझाएका हुन्।

भट्टराईले फागुन २१ को निर्वाचन, गत वर्ष भदौको दुई दिने जेन-जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, निर्वाचन समीक्षा तथा पुनरावलोकन कार्यदलको प्रतिवेदन र आम कार्यकर्ता तथा जनताको भावनाले पार्टीमा नेतृत्व हस्तान्तरणको आवश्यकता देखाएको उल्लेख गरेका छन्।

पीआर हुँदाहुँदै राजदूत सिफारिस जिज्ञानकुमारमाथि जापानमा विदेशी संस्कृति भित्र्याएको अर्को आरोप

विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो

रेशम चौधरीलाई राष्ट्रपतिले दिएको माफी सर्वोच्चद्वारा सदर

हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित 

कम्युनिस्ट घटकबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति

केपी ओलीलाई ‘पेले’ भनेकोमा कृष्णगोपाललाई पश्चाताप

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि गम्भीर आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

त्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति माग गर्दै यातायात क्षेत्रका महासंघ तथा मजदुर संघ–संगठन आन्दोलनमा उत्रिएका छन्।

घटनाको सत्यतथ्य पत्ता लगाउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यातायात श्रमिकको पेशागत सुरक्षाको प्रत्याभूति गर्न छवटा महासंघ तथा संघ–संगठनले संयुक्त संघर्ष समिति गठन गरेका हुन्।

त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि बा।५ ख ४२७४ नम्बरको बसभित्र चालक दोङले आत्मदाह गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले घटनाको सम्पूर्ण तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

उनीहरूले चालक र ट्राफिक प्रहरीबीच विवाद सुरु भएदेखि आत्मदाहसम्मको घटनालाई सामान्य ट्राफिक कारबाहीको विषयमा मात्रै सीमित नगरी सडकमा नियामक निकायको व्यवहार र कार्यशैलीसमेत जोडेर अनुसन्धान गर्नुपर्ने उल्लेख छ।

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो

प्रसारण लाइन निर्माण : प्रभावितलाई  दश करोड ३३ लाख मुआब्जा

बस चालक अर्जुन दोङको मृत्यु प्रकरण : न्याय माग्दै परिवार सडकमा

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

खगेन्द्रको मागपछि प्रतिनिधिसभा सदस्यको क्यान्टिन बन्द (तस्बिरहरू)

राष्ट्रसङ्घको महासभामा नेताहरुको सम्बोधन आजदेखि : इरान युद्ध र एआई प्रमुख एजेण्डा

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि सम्बोधन गर्दैछन् । महासभामा भाग लिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह कतार एयरवेजको जहाजमार्फत् आजै अमेरिका प्रस्थान गर्दैछन् । विश्वभरका दर्जनौँ नेताहरूले सम्बोधन गर्ने यस महासभामा भूराजनीतिक तनाव, क्षेत्रीय द्वन्द्व तथा प्रविधिका चुनौतीबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।

राष्ट्रसङ्घको महासभा सुरु भएपछि आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव एन्टोनियो गुटरेसले सम्बोधन गर्नेछन् । त्यसपछि राष्ट्रसङ्घको स्थापित परम्परा अनुसार ब्राजिलका तर्फबाट राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले महासभालाई पहिलो वक्ताका रूपमा सम्बोधन गर्नेछन् । ब्राजिलका राष्ट्रपतिको सम्बोधनलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहानको सत्रमा कतारी अमिर तमिम बिन हमाद अल थानी, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका साथै फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले सम्बोधन गर्ने तय भएको छ । यसका अतिरिक्त जोर्डन, किर्गिस्तान, लिथुआनिया, पेरु, चिली, फिनल्याण्ड, लक्जमबर्ग र अङ्गोलाका प्रतिनिधिहरुले पनि यसै सत्रलाई सम्बोधन गर्नेछन् ।

पूर्वी युक्रेनमा रुसी आक्रमणबाट पाँच जनाको मृत्यु

एल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउँदै

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

ट्रम्पसँग युक्रेन र लाल सागरबारे म्याक्रोनको छलफल

राष्ट्र संघमा मंगलबार ट्रम्पले सम्बोधन गर्दै, महासभाको ‘सामान्य बहस’मा बोल्ने छन् प्रधानमन्त्री वालेन्द्र

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा








प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ७ : ५७ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने