सिरोहिया बिरामी, उपचारका लागि काठमाडौं लैजाने तयारी « Khabarhub

सिरोहिया बिरामी, उपचारका लागि काठमाडौं लैजाने तयारी


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । 

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको जनकपुरधामस्थित काब्या अस्पतालका एक चिकित्सकले खबरहबलाई बताए । 

‘उहाँले काठमाडौंमा नियमित उपचार गराइरहनु भएको रहेछ’, ती चिकित्सकले भने, ‘स्वास्थ्य अवस्था हेर्दा उहाँलाई काठमाडौं लगेर उपचार गर्नु जरुरी रहेको कुरा बताएका छौँ ।’

प्रहरी हिरासतमै रहँदा उच्चरक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनी अहिले जनकपुरधामस्थित काब्या अस्पतालमा रहेका छन् ।

चिकित्सकले पनि काठमाडौं लैजान भनेपछि अहिले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कानुनी परामर्शका लागि छलफल भइरहेको छ ।

प्रहरीले सरकारी वकिलसँग पनि परामर्श गरेपछि सिरोहियालाई काठमाडौं पठाउने निर्णय हुने छ । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ ।

सोमबार तेस्रो पटक म्याद थपका क्रममा पनि धनुषा जिल्ला अदालतले आवश्यक परेमा उपचारका लागि डाक्टरकहाँ लैजान आदेश दिएको थियो । अदालतले सिरोहियालाई उपचारका लागि अन्यत्र लैजान मिल्नेगरी आदेश दिएसँगै मंगलबार नै काठमाडौं लैजाने तयारी भएको हो ।

अदालतले मंगलबारको आदेशमा स्वास्थ्य उपचार गर्न पाउने कुरा रोक्न नहुने जनाउँदै सुविधायुक्त ठाउँमा लैजाने गरी बाटो खोलिदिएको थियो ।

त्यहीअनुसार काब्या अस्पतालका चिकित्सकले पनि सिरोहियाला उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका हुन्  ।

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई काब्या अस्पतालबाट एम्बुलेन्सबाटै जिल्ला अदालत धनुषामा उपस्थित गराएको थियो । 

अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ । यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत मंगलबार उनलाई कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा लगिएको थियो । त्यसपछि उनी धनुषा प्रहरीको हिरासत हुँदै काब्या अस्पतालमा भर्ना भएका थिए । 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १ : २७ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका