द्रूत गतिको इन्टनेट सेवाको लागि ५९ करोड बजेट « Khabarhub

द्रूत गतिको इन्टनेट सेवाको लागि ५९ करोड बजेट


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा उच्च गतिको इन्टरनेट सेवाको लागि ५९ करोड विनियोजन गरेका छन् ।

मन्त्री पुनले संघीय सदनमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट भाषणा उक्त कार्यक्रम घोषणा गरेका हुन् ।

चालु आर्थिक वर्षमा इन्टरनेको पहुँच द्रूत गतिमा पुराउने लक्ष लिएको थियो । निर्वतमान अर्थमन्त्री डा. प्रकाशरण महतले प्रतुत गरेका चालु आवको बजेटमा उच्च क्षमताको अप्टिकल फाइबरमार्फत ईन्टरनेट ब्रोडब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवम् क्याम्पस र स्वास्थ्य संस्थामा पुर्‍याइने भनिएको थियो ।

त्यस्तै मुलुकभर द्रूत गतिको इन्टरनेटको पहुँच पुर्‍याउन फोरजी सेवा विस्तार गरिने समेत घोषणा महतले गरेका थिए ।

हाल ब्रोडव्याण्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्दमसम्म पुगेको चालु आवमा अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

इन्टरनेट ५ हजार ९५१ वडा केन्द्रमा, ४ हजार २७२ स्वास्थ्य केन्द्र र ५ हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा सेवा विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ४७ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका