सरकारले गाँजा खुलाउने, घरेलु मदिरा ब्रान्डिङ गर्ने | Khabarhub Khabarhub

सरकारले गाँजा खुलाउने, घरेलु मदिरा ब्रान्डिङ गर्ने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपालमा प्रतिबन्धित अवस्थामा रहेको गाँजा खुलाउने गरी कानुन बनाउने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेत संसद्मा प्रस्तुत गर्ने क्रममा हाल प्रतिबन्धित अवस्थामा रहेको गाँजा खुलाउने गरी कानुन बनाउने कुरा बताएका हुन् ।

त्यसैगरी मन्त्री पुनले घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक काम थाल्ने बताए । उनले त्यसका लागि आवश्यक परेमा कानुनसमेत बनाउने योजना बजेट भाषणका क्रममा सार्वजनिक गरे ।

घरेलु मदिरा र गाँजा दुवैलाई अवैध भन्दै प्रहरीले नष्ट गर्ने गरेको छ । गाँजा खुलाउन प्रदेशदेखि संघीय सांसदले पनि दबाब दिँदै आएका छन् ।

किरात राई, लिम्बु र मगरसहितका आदिवासी जनजातिहरूले घरेलु मदिरालाई ब्रान्डिङ गर्न नसक्दा बजार पाउन सकेको छैन ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ५२ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ