प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन « Khabarhub

प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडबाट आगामी आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ सङ्घीय सरकारले प्रदेशका लागि ६० अर्ब तथा स्थानीय तहका लागि रु ८८ अर्ब विनियोजन गरिएको छ ।

सशर्त अनुदान प्रदेशका लागि रु २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि रु दुई खर्ब आठ अर्ब ८८ करोड गरी जम्मा रु दुई खर्ब ३४ अर्ब ७३ करोड बराबर हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

समपूरक अनुदानतर्फ प्रदेशलाई रु छ अर्ब २० करोड र स्थानीय तहलाई रु सात अर्ब विनियोजन गरिएको छ । साथै विशेष अनुदानतर्फ प्रदेशका लागि रु चार अर्ब ४० करोड र स्थानीय तहका लागि रु आठ अर्ब ५० करोड बराबर विनियोजन गरिएको छ ।

सशर्त, समपूरक र विशेष अनुदानलाई कार्यसम्पादनका आधारमा हस्तान्तरण गरिने व्यवस्था मिलाइने अर्थमन्त्री पुनले जानकारी दिनुभयो ।

प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटतर्फ रु एक खर्ब ५९ अर्ब बराबर हस्तान्तरण हुने सरकारको अनुमान छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : २२ बजे

सत्तारुढ सांसद पारसमणिको आक्रोश : काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर !

काठमाडौं- पारसमणि गोलाल संसदीय निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट

वन अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही हुने

महोत्तरी– वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही गरिने भएको

सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित

काठमाडौं– सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै

जिरीमा इन्फ्लुएन्जा संक्रमण : ६ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि, बुधबारदेखि विद्यालय बन्द

दोलखा– जिल्लाको जिरी नगरपालिकामा पछिल्ला केहिदिन यता मौसमी रुघाखोकी (इन्फ्लुएन्जा)