विद्यार्थी छात्रवृति कार्यक्रमको लागि ६० करोड विनियोजन  | Khabarhub Khabarhub

विद्यार्थी छात्रवृति कार्यक्रमको लागि ६० करोड विनियोजन 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री वर्षमान पुनले छात्रवृतिको कार्यक्रम निरन्तता दिने बताएका छन् । छात्रवृतिको लागि ६० करोड विनियोजन भएको पुले बताएका छन् । 

कक्षा ९ देखि १२ सम्म दिँदै आएको छात्रवृतिलाई पुनर्संरचना गरी कक्षा ६ देखिको व्यवस्था गरिएको मन्त्री पुनले जनाए । त्यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने मन्त्री पुनको भनाई छ । 

निर्वतमान अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमा छात्रवृतिको लागि विद्यालय तह, प्राविधिक तथा उच्च शिक्षामा गरी रु ३ अर्ब २ करोड विनियोजन गरेका थिए । वर्ष करिव २६ लाख छात्रछात्राहरू लाभान्वित हुने चालु आवको बजेटको लक्ष रहेको थियो । 

शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ११ लाख चालु आर्थिक वर्षको फागुनसम्म छात्रवृत्तिबापत २ अर्ब ३६ करोड ७५ लाख ३९ हजार उपलब्ध गराएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०-०८१ मा देखिएको छ । 

उक्त छात्रवृत्तिले विद्यालयमा लक्षित वर्गको टिकाउ दर बढाउन सहयोग गरेको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ४६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको