पूर्वअर्थमन्त्री महत भन्छन् : बजेटबाट आर्थिक सुधार हुने कुनै गुञ्जायस देखिएन « Khabarhub

पूर्वअर्थमन्त्री महत भन्छन् : बजेटबाट आर्थिक सुधार हुने कुनै गुञ्जायस देखिएन


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री महतले बजेटरी सुधार हुने संकेत नदेखिको प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा उनले भने, ‘बजेटरी सुधार हुने मैले कुनै छन्द देखेको छैन । जति पनि यसका वितरणमुखी प्रवृत्तिहरू छन्, वितरणमुखी विषयवस्तुहरू छन्, त्यो छोपिएको छ । त्यो बाहिर स्पष्ट रुपमा प्रकट भएको छैन ।’

आफू अर्थमन्त्री हुँदा चालु आर्थिक वर्षको बजेटमा कार्यविधि नै बनाएर तीन करोडभन्दा मुनीका आयोजना नराख्ने भनिएको स्मरण गर्दै वर्तमान सरकारले तयसलाई तिलाञ्जली दिएको महतको टिप्पणी छ ।

‘बजेटमा बेथिति थियो, बजेट विनियोजन नै नभइ ठेक्का लगाउने प्रवृत्ति थियो, कनिका छर्ने प्रवृत्तिका बजेट थिए । त्यसलाई कार्यविधि बनाएर तीन करोडभन्दा तलको आयोजना नराख्ने भन्ने भन्या थियौँ, त्यसमा उहाँ मौन हुनुहुन्छ,’ उनले भने, ‘मैले बुझे अनुसार यो तीन करोडको कार्यविधिलाई उहाँहरूले तिलाञ्जली दिनुभएको छ ।’

पूर्वअर्थमन्त्री महतले बजेटमा धेरै कुराहरू लुकेका भन्दै अर्थमन्त्री पुनले सुधारको बाटोमा जान लागेको भने पनि सुधार कुन ठाउँमा गरिरहेको हो भन्ने बारेमा केही थाहा नभएको बताए । ‘धेरै कुराहरू हिडन छन् । सुधारको बाटोमा हामी जाँदैछौँ भन्नुभएको छ, तर सुधार कहाँ गर्दै हुनुहुन्छ केही पनि थाहा छैन,’ उनले भने ।

निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिने पहिलो प्राथकिमता हुनुपर्ने भए पनि अर्थमन्त्री पुन त्यसबारेमा मौन देखिएका महतले बताए ।

उनले बजेमा सुधारका कुराहरू केही पनि उल्लेख नभएकोसमेत जिकिर गरे । ‘उहाँहरूले बजेटरी प्रक्रियामा डिकेट लङ नै सुधारको प्रारम्भ गर्छौँ भन्नुभएको छ,’ पूर्वअर्थमन्त्री महतले भने, ‘तर सुधारका कुराहरू केही पनि उल्लेख छैन ।’

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : ३१ बजे

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर