आगामी बजेटमा बजेटरी सुधारको संकेत देखिएन : कांग्रेस « Khabarhub

आगामी बजेटमा बजेटरी सुधारको संकेत देखिएन : कांग्रेस


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रारम्भिक प्रतिक्रिया दिएको छ । 

संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा, प्रकाशशरण महतले बजेटरी सुधार हुने संकेत नदेखिको प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।   

संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा उनले भने, ‘बजेटरी सुधार हुने मैले कुनै छन्द देखेको छैन । जति पनि यसका वितरणमुखी प्रवृत्तिहरू छन्, वितरणमुखी विषयवस्तुहरू छन्, त्यो छोपिएको छ । त्यो बाहिर स्पष्ट रुपमा प्रकट भएको छैन ।’ 

आफू अर्थमन्त्री हुँदा चालु आर्थिक वर्षको बजेटमा कार्यविधि नै बनाएर तीन करोडभन्दा मुनीका आयोजना नराख्ने भनिएको स्मरण गर्दै वर्तमान सरकारले त्यसलाई तिलाञ्जलि दिएको महतको टिप्पणी छ ।  

‘बजेटमा बेथिति थियो, बजेट विनियोजन नै नभइ ठेक्का लगाउने प्रवृत्ति थियो, कनिका छर्ने प्रवृत्तिका बजेट थिए । त्यसलाई कार्यविधि बनाएर तीन करोडभन्दा तलको आयोजना नराख्ने भन्ने भन्या थियौँ, त्यसमा उहाँ मौन हुनुहुन्छ,’ उनले भने, ‘मैले बुझे अनुसार यो तीन करोडको कार्यविधिलाई उहाँहरुले तिलाञ्जलि दिनुभएको छ ।’ 

पूर्वअर्थमन्त्री महतले बजेटमा धेरै कुराहरू लुकेका भन्दै अर्थमन्त्री पुनले सुधारको बाटोमा जान लागेको भने पनि सुधार कुन ठाउँमा गरिरहेको हो भन्ने बारेमा केही थाहा नभएको बताए । ‘धेरै कुराहरू हिँडन छन् । सुधारको बाटोमा हामी जाँदैछौँ भन्नुभएको छ, तर सुधार कहाँ गर्दै हुनुहुन्छ केही पनि थाहा छैन,’ उनले भने । 

निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिने पहिलो प्राथमिकता हुनुपर्ने भए पनि अर्थमन्त्री पुन त्यसबारेमा मौन देखिएका महतले बताए ।  उनले बजेमा सुधारका कुराहरू केही पनि उल्लेख नभएकोसमेत जिकिर गरे ।  

‘उहाँहरूले बजेटरी प्रक्रियामा डिकेट लङ नै सुधारको प्रारम्भ गर्छौँ भन्नुभएको छ,’ पूर्वअर्थमन्त्री महतले भने, ‘तर सुधारका कुराहरू केही पनि उल्लेख छैन ।’

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : ४८ बजे

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि