बजेटमा स्वास्थ्य - ८६ अर्ब २३ करोड विनियोजन, विपन्नको उपचारमा तीन अर्ब | Khabarhub Khabarhub

बजेटमा स्वास्थ्य – ८६ अर्ब २३ करोड विनियोजन, विपन्नको उपचारमा तीन अर्ब


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँ बराबरको बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य क्षेत्रमा ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

बजेटमा पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड, विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुारी, हेड इञ्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियतको लागि प्रति बिरामी व्यक्ति एक लाख रुपैयाँ बराबरको रकम प्रदान गर्न ३ अर्ब रुपैयाँ बजेट छुट्याइएका लगायतका विषयहरू परेका छन् ।

स्वास्थ्य क्षेत्रमा यस्ता छन्‌ अर्थमन्त्रीका घोषणाः

  • आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइनेछ । स्वास्थ्य संस्थामा अत्यावश्यक उपकरण, औषधि र दक्ष जनशक्तिको आपूर्ति सुनिश्चिवत गरिनेछ ।
  • आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चाालन गरिनेछ । निर्माण सम्पन्न भएका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालकोविधि तय गरी सञ्चािलन गरिनेछ । निर्माणाधीन अस्पतालको निर्माण कार्य सम्पन्न गरिनेछ।यसका लागि रु.१५ अर्ब ४१ करोड विनियोजन गरेको छु ।
  • विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुारी, हेड इञ्जुरी तथा सिकलसेल एनिमियारोगमा उपचार सहुलियतकोलागि प्रति बिरामी व्यक्ति रु। एक लाख बराबरको रकम प्रदान गर्न रु. ३ अर्ब विनियोजन गरेको छु ।
  • आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप रप्रजनन स्वास्थ्यसम्बन्धी सामाग्री निःशुल्क उपलब्ध गराउन रु.१ अर्ब ४३ करोड विनियोजन गरेको छु । आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि रु. ३ अर्ब ६ करोड विनियोजन गरेको छु ।
  • संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चा लन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । क्यान्सर, मेरुदण्ड र पक्षघात रोगको उपचार, मृगौला प्रत्यारोपण र डायलाइसिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्च बापत दिँदै आएको प्रतिव्यक्ति प्रति महिना रु. पाँच हजार सम्बन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाएको छु।यसका लागि रु.२ अर्ब विनियोजन गरेको छु ।
  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजातशिशुको जन्मजात विकलाङ्गवा असाधारणप्रकृतिकोअवस्थापहिचानगर्न भ्रुण तथा नवजात शिशुपरीक्षण सेवा सञ्चाोलन गरिनेछ । अटिजम,बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको विकास अवस्था र बाल मानसिक समस्याको पहिचान, निदान, उपचार तथा पुनःस्थापनामा संलग्न हुने जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ ।
  • वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ । कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ ।
  • भेरीअस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गरिनेछ । नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चािलन गर्ने व्यवस्था मिलाइनेछ ।
  • आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरणसम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गरिनेछ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिनेछ ।
  • कर्णाली, पोखरा, पाटन, राप्ती र वि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतथा कोशी, नारायणी, भरतपुर, भेरी,डडेल्धुरार गजेन्द्रनारायण सिंहअस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गरिनेछ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट छुट्टयाएको छु ।
  • सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि.कोइराला राष्ट्रिय श्वास प्रश्वा्स उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • तीन सय शैया वा सोभन्दा बढी क्षमताका संघीय अस्पतालमा एमबिबिएस र सय शैया वा सोभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङ्गसम्बन्धी शैक्षिक कार्यक्रम क्रमशः सञ्चालन गर्दै लगिनेछ ।
  • आगामी आर्थिक वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्चाालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • आयुर्वेद, प्राकृतिकचिकित्सा,योग, होमियोप्याथी, यूनानी, अक्युपङ्चर, सोवारिग्पालगायतका अन्य वैकल्पिक उपचार पद्धतिको विस्तार गरिनेछ।नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिनेछ ।
  • काठमाडौंको बुढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र भवनको निर्माण सम्पन्न गरीसञ्चाालनमा ल्याइनेछ । सिंहदरबार वैद्यखानाको पुर्नसंरचना गरी क्षमता विस्तार गरिनेछ । आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवद्र्धन गरिनेछ ।
  • सरकारी, सामुदायिक र निजीक्षेत्रबाट सञ्चाभलित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाइनेछ।वैकल्पिक उपचार पद्धतिका लागि रु.२४ करोड विनियोजन गरेको छु ।
  • काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।
  • स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छु ।
  • विद्यमान जनसंख्या नीति परिमार्जनगरी कार्यान्वयन गरिनेछ । जनसाङ्ख्यिक लाभलाई राष्ट्रको समृद्धि र विकासमा उपयोग गरिनेछ ।
  • बाल सुधार गृहका भौतिक संरचना सुदृढ गर्दै बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिनेछ ।
  • औषधीय प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादन गर्नकानूनी व्यवस्था मिलाइनेछ ।
  • कर्णाली प्रदेशलाई जडिबुटी हब बनाइनेछ ।
  • जी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिनेछ।यसअनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हव बनाइनेछ ।
  • सबै वडा केन्द्र,सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याइनेछ ।
  • सीमावर्ती जिल्लामा छिमेकी मुलुकका पर्यटक लक्षित पर्यटकीय स्थल, बजार, स्वास्थ्य सुविधा विस्तारगरी सीमावर्ती पर्यटन प्रवर्द्धन गरिनेछ ।
  • जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामाभूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनर्निर्माणलाई तीव्रता दिइनेछ । सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिनेछ ।
  • एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षाकोष मार्फत हुने व्यवस्था मिलाइनेछ ।
  • धनगढीमा अवस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चायलनमा ल्याइनेछ । पोखरा, बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाइनेछ । उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
  • चिकित्सा शिक्षा छात्रवृत्तिलाई लक्षित समूहमा केन्द्रितगरी सरकारी लगानीको दिगोपना कायम गर्नसम्बद्ध कानून संशोधन गरिनेछ । चिकित्सा शिक्षा, कृषि, इञ्जिरनियरिङ, सूचना प्रविधिलगायतका उच्च शिक्षा अध्ययनका लागि चक्रीय कोष मार्फत सहुलियपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
  • राज्य सुविधा परिचयपत्र प्राप्त परिवारका अति अशक्त अपाङ्गता वर्गमा परेका व्यक्तिलाई स्वास्थ्य बीमामा आवद्ध गरिनेछ ।
  • स्वास्थ्य बीमालाई क्रमश राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिनेछ ।
  • उच्च मूल्ययुक्त जडिबुटीको व्यावसायिक खेती प्रवद्र्धन गर्न गुणस्तरीय विरुवा उत्पादन गरिनेछ । जडिबुटीको व्यापार सहजीकरण गर्न प्रयोगशाला प्रमाणीकरण गर्ने व्यवस्था मिलाइनेछ । न्यूनतम एक तहको प्रशोधन गरेर जडिबुटी निर्यात गर्ने व्यवस्था मिलाइनेछ । हिमाली क्षेत्रका यार्सागुम्बा लगायतका उच्च मूल्ययुक्त जडिबुटीको अनुसन्धान कार्य अघि बढाइनेछ ।
  • वायु प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डलाई कडाईकासाथ पालना गरिनेछ । वायु गुणस्तर मापन केन्द्रको प्रभावकारी सञ्चा्लन गरी प्राप्त सूचनालाई वायु प्रदूषण नियन्त्रण तथा नियमनका उपायसँग आवद्ध गरिनेछ। मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिनेछ ।
  • राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामीण तथा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइनेछ ।
  • स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसीप प्रदान गरिनेछ। फेलोसीप प्रदान गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ । युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याइनेछ ।
  • मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तःशुल्क दरमा वृद्धि गरेको छु । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ६ : ११ बजे

अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

काठमाडौं – भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको

भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको अर्धशतक

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको भारतविरुद्धको खेलमा

भारतलाई दोस्रो सफलता, आउट भए मिचेल मार्श

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको

मनसुन देशभर फैलियो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको जल