ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क « Khabarhub

ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विद्युतीय गाडी (ईभी)मा ८० प्रतिशतसम्म भन्सार शुल्क र ५० प्रतिशत अन्तःशुल्क लगाएको छ । आगामी आर्थिक वर्षको बजेटसँगै ल्याइएको अर्थ विधेयकमा ईभी आयातमा भन्सार र अन्तःशुल्क बढाइएको उल्लेख छ ।

इञ्जिन क्षमता आधारमा ईभीमा कर लगाइएको छ । ५० किलोवाटसम्म इञ्जिन क्षमता भएका चारपाङ्ग्रे विदयुतीय गाडीमा ५ प्रतिशत दरले अन्तःशुल्क र १५ प्रतिशत भन्सार शुल्क लगाइएको छ । यसअघि यो क्षमताको ईभीमा सरकारले १० प्रतिशत भन्सार शुल्क लिए पनि अन्तःशुल्क लिने गरेको थिएन ।

५१ देखि १०० किलोवाट इञ्जिन क्षमताको ईभीमा भन्सार शुल्क २० र अन्तःशुल्क १५ प्रतिशत लगाइएको छ । यसअघि यो क्षमताको ईभीबाट सरकारले भन्सार र अन्तःशुल्क क्रमशः १५ र १० प्रतिशत लिने गरेको थियो ।

१०० किलोवाट माथि २०० किलोवाट सम्मका ईभीमा यसअघि २० प्रतिशत भन्सार शुल्क लाग्दै आएको ३० प्रतिशत पुर्‍याइएको छ । अन्तःशुल्क भने २० प्रतिशत नै राखिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

२०० देखि ३०० किलोवाट क्षमताका मोटर इञ्जिन राखिएका ईभीमा भन्सार शुल्क ६० प्रतिशत पुर्‍याइएको छ । अन्तःशुल्क भने ४५ बाट ३५ प्रतिशतमा झारिएको छ ।

३०० किलोवाट क्षमताभन्दा बढी इञ्जिन क्षमतायुक्त मोटर जडान गरिएका ईभीको भन्सार शुल्क ६० बाट ८० प्रतिशत पुगेको छ । अन्तःशुल्क चाहिँ ६० बाट ५० प्रतिशतमा झारिएको छ ।

निजी सवारीसाधनका रूपमा अधिकतर प्रयोग हुने गरेको विद्युतीय सवारीसाधनमा दिइएको कर छुटले सरकारलाई राजस्व गुमेको र त्यसको फाइदा उच्च मध्यम वर्गले लिइरहेकाले कर बढाउन दबाब बढेको थियो ।

ईभीमा बढेको भन्सार दर र अन्तःशुल्क भोलि (जेठ १६) देखि नै लागू हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १० : २५ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको