ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क « Khabarhub

ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विद्युतीय गाडी (ईभी)मा ८० प्रतिशतसम्म भन्सार शुल्क र ५० प्रतिशत अन्तःशुल्क लगाएको छ । आगामी आर्थिक वर्षको बजेटसँगै ल्याइएको अर्थ विधेयकमा ईभी आयातमा भन्सार र अन्तःशुल्क बढाइएको उल्लेख छ ।

इञ्जिन क्षमता आधारमा ईभीमा कर लगाइएको छ । ५० किलोवाटसम्म इञ्जिन क्षमता भएका चारपाङ्ग्रे विदयुतीय गाडीमा ५ प्रतिशत दरले अन्तःशुल्क र १५ प्रतिशत भन्सार शुल्क लगाइएको छ । यसअघि यो क्षमताको ईभीमा सरकारले १० प्रतिशत भन्सार शुल्क लिए पनि अन्तःशुल्क लिने गरेको थिएन ।

५१ देखि १०० किलोवाट इञ्जिन क्षमताको ईभीमा भन्सार शुल्क २० र अन्तःशुल्क १५ प्रतिशत लगाइएको छ । यसअघि यो क्षमताको ईभीबाट सरकारले भन्सार र अन्तःशुल्क क्रमशः १५ र १० प्रतिशत लिने गरेको थियो ।

१०० किलोवाट माथि २०० किलोवाट सम्मका ईभीमा यसअघि २० प्रतिशत भन्सार शुल्क लाग्दै आएको ३० प्रतिशत पुर्‍याइएको छ । अन्तःशुल्क भने २० प्रतिशत नै राखिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

२०० देखि ३०० किलोवाट क्षमताका मोटर इञ्जिन राखिएका ईभीमा भन्सार शुल्क ६० प्रतिशत पुर्‍याइएको छ । अन्तःशुल्क भने ४५ बाट ३५ प्रतिशतमा झारिएको छ ।

३०० किलोवाट क्षमताभन्दा बढी इञ्जिन क्षमतायुक्त मोटर जडान गरिएका ईभीको भन्सार शुल्क ६० बाट ८० प्रतिशत पुगेको छ । अन्तःशुल्क चाहिँ ६० बाट ५० प्रतिशतमा झारिएको छ ।

निजी सवारीसाधनका रूपमा अधिकतर प्रयोग हुने गरेको विद्युतीय सवारीसाधनमा दिइएको कर छुटले सरकारलाई राजस्व गुमेको र त्यसको फाइदा उच्च मध्यम वर्गले लिइरहेकाले कर बढाउन दबाब बढेको थियो ।

ईभीमा बढेको भन्सार दर र अन्तःशुल्क भोलि (जेठ १६) देखि नै लागू हुनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १० : २५ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको