विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध | Khabarhub Khabarhub

आईसीसी टि–२० विश्वकप

विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि सन् २०१४ काे विश्वकपमा भारतले फाइनल खेलेकाे थियाे । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएकाे भारत याे पटक उपाधि चुम्ने दाउमा छ ।

दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए ।

त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए । अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए । मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए । जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए ।

भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए ।

यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो ।

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए ।

यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : ५० बजे

विराज भट्टको बाबु छोराको अभिनय रहेको फिल्म ‘१२ गाउँ’ दसैँमा प्रदर्शनमा आउने 

काठमाडौं– अभिनेता विराज भट्ट र उनका छोरा समीरको मुख्य अभिनय

मुख्यसचिवको लाइनमा लीलादेवी, को को छन् दाबेदार ?

निमित्त मुख्यसचिव लीलादेवी गड्तौला काठमाडौं- मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग

नेपालमा एकै वर्ष दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयार

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ अवधिमा ठूला

गाँजाविरुद्ध कठोर प्रहरी, तीन स्थानबाट २०८ किलो बरामद

काठमाडौं- गाँजा खुलाउन संघदेखि प्रदेश सरकारसमेत कानुन निर्माणमा जुटेका बेला

केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्न रास्वपा महामन्त्री ढकालको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको