फाइनल अगाडि विश्वकपमा कसले कति चौका र छक्का हिर्काए ? « Khabarhub

फाइनल अगाडि विश्वकपमा कसले कति चौका र छक्का हिर्काए ?

५४ खेलमा ५०२ छक्का, ९३५ चौका


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल अगाडिका ५४ वटा खेलमा ५०२ छक्का र ९३५ चौका प्रहार भएका छन्।

वेस्ट इन्डिजका निकोलास पुरणले सर्वाधिक धेरै १७ वटा छक्का हिर्काएका छन्। बढी छक्का हिर्काउने खेलाडीको दोस्रो नम्बरमा अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन्। उनले १६ वटा छक्का प्रहार गरेका छन्। तेस्रो नम्बरमा अस्ट्रेलियाका ट्रेभिस हेड र भारतका रोहित शर्माले समान १५-१५ वटा छक्का प्रहार गरेका छन्।

अमेरिकाका आरोन जोन्सले १४ छक्का हिर्काउँदा दक्षिण अफ्रिकाका क्विन्टन डि ककले १२ छक्का प्रहार गरेका छन्। अमेरिकाका एजीएस गौसले ११ छक्का प्रहार गरेका छन्। वेस्ट इन्डिजका साही होप, अस्ट्रेलियाका मार्कस स्टोइनिस, इंग्ल्यान्डका जोस बटलर, फिल्ड साल्ट, भारतका सूर्यकुमार यादवले समान १०-१० छक्का प्रहार गरेका छन्।

ट्रेभिस हेडले हिर्काए २६ चौका
सुपर-८ बाट बाहिरिएको अस्ट्रेलियाका ओपनर ट्रेभिस हेडले सर्वाधिक २६ वटा चौका हिर्काएका छन्। उनी फाइनल अगाडि सबैभन्दा धेरै चौका प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। छक्का प्रहार गर्ने खेलाडीको सूचीको तेस्रो नम्बरमा रहेका उनले सबैभन्दा बढी चौका प्रहार गरेका हुन्।

चौका प्रहार गर्ने सूचीमा अफगानिस्तानका इब्राहिम जाद्रान छन्। सेमिफाइनलमा दक्षिण अफ्रिकासँग स्तब्ध भएको अफगानिस्तानका लागि उनले २५ वटा चौका प्रहार गरेका छन्।

तेस्रो र चौथो नम्बरमा रहेका भारतका रोहित शर्मा र इंग्ल्यान्डका जोस बटलरले समान २२-२२ वटा छक्का हिर्काएका छन्। पाँचौ नम्बरमा अमेरिकाका एजीएस गौस छन्। सुपर ८ बाट बाहिरिएको अमेरिकाका लागि उनले २० चौका प्रहार गरेका हुन्।

विकेटतर्फ भने अफगानिस्तानका फजलहक फारुकी पहिलो नम्बरमा छन्। उनले ८ खेलमा १७ विकेट हात पारेका छन्।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ०९ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना