रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती « Khabarhub

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । 

झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताए।

‘झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु’, उनले भने, ‘पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ ।’

झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले बताए। 

झोलुङ्गे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक–पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका–९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताए। 

पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको उनले बताए।  

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : ५६ बजे

कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’

विराटनगर– भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत

‘मनबिनाको धन-२’मा गौरी मल्ल थपिइन्, अशोक दर्जीबारे मौन टंक

काठमाडौं – गायक तगा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बन्ने फिल्म

एन्डी बर्नहम बने बेलायतका ५९औँ प्रधानमन्त्री

लन्डन : एन्डी बर्नहम सोमबार बेलायतका ५९औँ प्रधानमन्त्री बनेका छन्।

वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु

भद्रपुर– झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी

अर्थसंक्षेप : प्रधानमन्त्री नै छाया अर्थमन्त्री, सेयर बजारमा हरियाली र पुँजी बजारका समस्या समाधान गरिने

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्र शाहले