मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने « Khabarhub

मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेशप्रदेशका मुख्यमन्त्री सतिश सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत अझ अगाडि नै लिने तैयारी गरेपनि सत्तारुढ दल एकीकृत समाजवादीको महाधिवेशनको कारण ढिलाइ भएको बताए । उनले एकीकृत समाजवादीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेपछि २१ गते विश्वासको मत लिने तयारी गरेको बताए ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंह बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

 प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनमत पार्टीको तर्फबाट सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयमा बहुमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए । 

मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ् । 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १२ : ३९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय