मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल « Khabarhub

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताएका छन् ।

स्वं भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आज नङ्खेलस्थित नवदुर्गा सामुदायिक वन परिषद्मा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनले भण्डारीले देश र जनताको लागि लिएको नीतिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए ।

एमालेभित्र पलाएको गलत जीवनशैली, आनीबानी, आचरण र  व्यवहारलाई सुधार्दै पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको भन्दै महासचिव पोखरेलले देशलाई समाजवादमा प्रवेश गराइ समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले स्व भण्डारीका विचारलाई अनुसरण गरी एमालेलाई थप एकताबद्ध बनाउँदै लैजानुपर्ने बताए ।

एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायतले मदन भण्डारीको योगदान र विचारको सान्दर्भिकताबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ५८ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट