प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटम : भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्छौँ « Khabarhub

प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटम : भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्छौँ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

गोरखा र धादिङस्थित बूढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐनअन्तर्गत अधिकारसम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ बनाएर छिटो बनाउन उनले माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो आयोजना प्रभावितका माग पूरा गर्न भन्दै प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।

पार्टी नेतासमेत रहेका छोरी मानुषी यमी र ज्वाइँ जेकेन्द्र श्रेष्ठसहित प्रधानमन्त्री दाहाललाई भेट्न बाबुराम सिंहदरबार छिरेका थिए ।

उनले आफ्ना मागहरू आगामी भदौ मसान्तसम्म माग पूरा नगरिएए सबै सरोकारवालालाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

माग पूरा नभए आन्दोलन थाल्ने जानकारी पनि ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री दाहाललाई गराएको बाबुरामले सिंहदरबारबाट बाहिरिने क्रममा बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : २२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर