अब्बल देवघाटको संस्कृत गुरुकुल : २० मध्ये १९ ले ल्याए एसईईमा ‘ए प्लस’ | Khabarhub Khabarhub

अब्बल देवघाटको संस्कृत गुरुकुल : २० मध्ये १९ ले ल्याए एसईईमा ‘ए प्लस’


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30k
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको देवघाटधामस्थित महेश संस्कृत गुरुकुलबाट एसईई दिएका २० मध्ये १९ विद्यार्थी ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएका छन् । अर्का एकजना विद्यार्थी ‘ए’ ल्याउन सफल भएका छन् ।

२०८० मा लिइएको एसईईमा सहभागी गुरु कुलका सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।

महेश संन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलमा आधारभूत तहको कक्षा ६ देखि आचार्य (स्नातकोत्तर तह) सम्म पढाइ हुने गरेको छ ।

गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले यो वर्ष पनि विद्यार्थीको नतिजा उत्कृष्ट आएको जानकारी दिए ।

२०५२ सालमा स्थापित गुरुकुलबाट एसईई दिने विद्यार्थीहरूको यो २७ औं समूह थियो । गुरुकुलले एसईईमा सधैँ उत्कृष्ट नतिजा ल्याइरहेको प्रधानाचार्य पौडेलले बताए ।

महेश संन्यास आश्रमद्वारा सञ्चालित गुरुकुलमा नेपालका सबैजसो जिल्लाका छात्रहरू पढ्ने गर्छन् ।

गुरुकुलमा आवासीय रूपमा कक्षा ६ देखि स्नातकोत्तर (आचार्य) सम्म निःशुल्क पढाइ हुने गरेको छ । मुठीदानबाट चलेको गुरुकुलमा अहिले विद्यार्थीको चाप बढ्दै गएको छ ।

प्रधानाचार्य पौडेलका अनुसार गुरुकुलमा पढेका जनशक्ति बेरोजगार छैनन्। यहाँ पढ्ने विद्यार्थीमा आफ्नो संस्कार र संस्कृतिप्रति गहिरो झुकाव र लगाव छ ।

गुरुकुल विद्यालयका प्राचार्य पौडेलले गुरुकुलको प्रमुख उद्देश्य पूर्वीय धर्म, संस्कार र संस्कृत वाङ्मयको संरक्षण रहेको बताए ।

यो गुरुकुलबाट उत्पादित जनशक्ति संस्कृत वाङ्मय र सनातन संस्कारको प्रचारप्रसारमा लागेका छन् । महेश संन्यास गुरुकुलमा ६ कक्षादेखि स्नातकोत्तरसम्म पढेका २१ जना नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भइसकेका पौडेलले बताए ।

वैदिक सनातन धर्म संकृतिको संरक्षण, सम्वर्द्धन एवम् संस्कृत विद्याको प्रचार-प्रसार गर्ने उद्देश्यले वि.सं. २०५० मा महेश संन्यास आश्रम मातृ संस्थाको रुपमा यो स्थापना भएको हो । यही आश्रमको विस्तारका क्रममा महेश संस्कृत गुरुकुल खुल्यो । यसका संस्थापक सन्त शिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरी हुन् ।

महेश संस्कृत गुरुकुलमा हाल २५० भन्दा बढी छात्रहरू अध्ययन गरिरहेका छन् । वेद, व्याकरण, दर्शन, अद्वैतवेदान्त लगायत शास्त्रीय विषयहरूको प्रामाणिकअध्यापनका साथै ज्योतिष, वास्तुशास्त्र, कर्मकाण्ड, कृषि, संगीत, कम्प्यूटरजस्ता प्राविधिक विषयको यहाँ प्रशिक्षण हुने गरेको छ ।

यहाँ संस्कृत, नेपाली तथा अङ्ग्रेजी भासाका १ लाखभन्दा धेरै पुस्तक भएको पुस्तकालय छ । यहाँ योगाभ्यास, खेलकुद, व्यायाम आदि पनि गराइन्छ । यहाँ २५ जना गुरुहरूले अध्ययपन गराइरहेका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ०० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय