अब्बल देवघाटको संस्कृत गुरुकुल : २० मध्ये १९ ले ल्याए एसईईमा ‘ए प्लस’ « Khabarhub

अब्बल देवघाटको संस्कृत गुरुकुल : २० मध्ये १९ ले ल्याए एसईईमा ‘ए प्लस’


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30k
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको देवघाटधामस्थित महेश संस्कृत गुरुकुलबाट एसईई दिएका २० मध्ये १९ विद्यार्थी ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएका छन् । अर्का एकजना विद्यार्थी ‘ए’ ल्याउन सफल भएका छन् ।

२०८० मा लिइएको एसईईमा सहभागी गुरु कुलका सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।

महेश संन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलमा आधारभूत तहको कक्षा ६ देखि आचार्य (स्नातकोत्तर तह) सम्म पढाइ हुने गरेको छ ।

गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले यो वर्ष पनि विद्यार्थीको नतिजा उत्कृष्ट आएको जानकारी दिए ।

२०५२ सालमा स्थापित गुरुकुलबाट एसईई दिने विद्यार्थीहरूको यो २७ औं समूह थियो । गुरुकुलले एसईईमा सधैँ उत्कृष्ट नतिजा ल्याइरहेको प्रधानाचार्य पौडेलले बताए ।

महेश संन्यास आश्रमद्वारा सञ्चालित गुरुकुलमा नेपालका सबैजसो जिल्लाका छात्रहरू पढ्ने गर्छन् ।

गुरुकुलमा आवासीय रूपमा कक्षा ६ देखि स्नातकोत्तर (आचार्य) सम्म निःशुल्क पढाइ हुने गरेको छ । मुठीदानबाट चलेको गुरुकुलमा अहिले विद्यार्थीको चाप बढ्दै गएको छ ।

प्रधानाचार्य पौडेलका अनुसार गुरुकुलमा पढेका जनशक्ति बेरोजगार छैनन्। यहाँ पढ्ने विद्यार्थीमा आफ्नो संस्कार र संस्कृतिप्रति गहिरो झुकाव र लगाव छ ।

गुरुकुल विद्यालयका प्राचार्य पौडेलले गुरुकुलको प्रमुख उद्देश्य पूर्वीय धर्म, संस्कार र संस्कृत वाङ्मयको संरक्षण रहेको बताए ।

यो गुरुकुलबाट उत्पादित जनशक्ति संस्कृत वाङ्मय र सनातन संस्कारको प्रचारप्रसारमा लागेका छन् । महेश संन्यास गुरुकुलमा ६ कक्षादेखि स्नातकोत्तरसम्म पढेका २१ जना नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भइसकेका पौडेलले बताए ।

वैदिक सनातन धर्म संकृतिको संरक्षण, सम्वर्द्धन एवम् संस्कृत विद्याको प्रचार-प्रसार गर्ने उद्देश्यले वि.सं. २०५० मा महेश संन्यास आश्रम मातृ संस्थाको रुपमा यो स्थापना भएको हो । यही आश्रमको विस्तारका क्रममा महेश संस्कृत गुरुकुल खुल्यो । यसका संस्थापक सन्त शिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरी हुन् ।

महेश संस्कृत गुरुकुलमा हाल २५० भन्दा बढी छात्रहरू अध्ययन गरिरहेका छन् । वेद, व्याकरण, दर्शन, अद्वैतवेदान्त लगायत शास्त्रीय विषयहरूको प्रामाणिकअध्यापनका साथै ज्योतिष, वास्तुशास्त्र, कर्मकाण्ड, कृषि, संगीत, कम्प्यूटरजस्ता प्राविधिक विषयको यहाँ प्रशिक्षण हुने गरेको छ ।

यहाँ संस्कृत, नेपाली तथा अङ्ग्रेजी भासाका १ लाखभन्दा धेरै पुस्तक भएको पुस्तकालय छ । यहाँ योगाभ्यास, खेलकुद, व्यायाम आदि पनि गराइन्छ । यहाँ २५ जना गुरुहरूले अध्ययपन गराइरहेका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ०० बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा