जब केपी ओलीले बोलिरहँदा माधव नेपालको खोजी भयो | Khabarhub Khabarhub

जब केपी ओलीले बोलिरहँदा माधव नेपालको खोजी भयो


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- जननेता एवम् नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्म जयन्तीको अवसरमा आज विविध कार्यक्रम गरिँदैछ ।

शुक्रबार मदन भण्डारी फाउन्डेशनले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ता थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।

प्रमुख वक्ताका रुपमा उपस्थित भएका ओलीलाई कार्यक्रमस्थलका सहभागीले माधवकुमार नेपालको नाम लिइदिएर तनाव दिए ।

उक्त कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको खोजी गरिएपछि ओली केहीबेर अलमलिए ।

ओलीले सम्बोधन गर्दैगर्दा दर्शक दीर्घाबाट अध्यक्ष नेपालको खोजी गरिएको थियो । नेपालको खोजी गरिएपछि अध्यक्ष ओली बोलिरहेका बेला केहीबेर रोकिए । उनले दर्शकतर्फ भइरहेको कुराकानी केहीबेर सुने ।

दर्शकतर्फको कुरा सुनिसकेपछि उनले राम्ररी बुझ्दै नबुझी जो कसैलाई कार्यक्रममा बोलाउन नहुने तर्क गरे । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल कार्यक्रममा आएपछि अनेक कुराको गुनासो सुनाउँदै रुवाबासी गर्ने गरेको जिकिर गरे ।

‘नबुझी कसैलाई पनि बोलाउन राम्रो हुँदैन । उहाँ (माधव नेपाल) सँग मैले धेरै पकट भेटेको छु’, उनले भने, ‘यहाँ आएपछि उहाँले आफ्नो गुनासो मात्रै सुनाउने, रूवाबासी गरेर कार्यक्रम नै चल्न दिनुहुन्न । किन बोलाउनू ?’

ओलीले कार्यक्रमलाई सम्बोधनका क्रममा मौका मिले जनताको बहुदलीय जनवाद भन्ने मौका नमिले होइन भन्ने प्रवृत्ति गलत रहेको बताए ।

‘जबजबारे ओठे भक्तिले मात्रै हुँदैन । आफ्नो स्वार्थ पूरा गर्न जबज होइन। मौका मिले जबजलाई कार्यक्रम मान्ने नमिले नमान्ने हुँदैन’, उनले भने, ‘अझै राम्रै मौका मिले सिद्धान्त हो, नभए हुन्न भन्ने हुँदैन । जबजमा हाम्रो निष्ठा स्वार्थी र मौकापरस्त हुनु हुँदैन । मदन भण्डारीले अघि सारेको जबजलाई कसरी छाड्ने भन्नेतिर जाने होइन । देशलाई अघि बढाउन मदन भण्डारीले नेकपा एमालेमार्फत जबज प्रतिपादन गर्नु भएको हो ।’

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : २६ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि