कुनै दलको नाम नलिई प्रचण्डले भने : हामी फेरि एकता प्रक्रियामा अघि बढिसकेका छौँ « Khabarhub

कुनै दलको नाम नलिई प्रचण्डले भने : हामी फेरि एकता प्रक्रियामा अघि बढिसकेका छौँ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू फेरि एकता प्रक्रियामा अघि बढिसकेको बताएका छन् ।

साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरूको शुक्रबार लोकार्पणका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

यद्यपि दाहालले कुन दलसँग एकता प्रक्रिया अघि बढेको भने खुलाएनन् । उनले कुनै पनि दलको नाम उच्चरण नगरी एकता प्रक्रियामा अघि बढिसकेकाले यसमा सबैले भूमिका खेल्नुपर्ने मात्रै भने ।

‘हामी फेरि एकताको प्रक्रियामा फेरि अगाडि बढिसकेका छौँ’, उनले कुनै पनि दलको नाम उच्चरण नगरी भने, ‘यो एकताको प्रक्रियालाई सफल पार्न तपाईं हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’

उनले अहिले एकता प्रक्रियालाई अघि बढाउन सबैले योगदान दिनुपर्ने बताए । ‘हामी सबैले एकता प्रक्रियाका लागि योगदान दिनु आवश्यक छ’, दाहालले भने, ‘मलाई लाग्छ, त्यही नै कमरेड जगतबहादुर बोहोराप्रति सच्च श्रद्धाञ्जली र सच्चा सम्मान हुनेछ ।’

दाहालले कुन दलसँग एकता नखुलाए पनि पछिल्लो समय माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लवसहित पूर्वमाओवादी घटकसँग एकताका लागि पहल गर्दै आएको छ ।

२०८० फागुन २१ गते नेकपा एमालेसँगकै गठबन्धनमा फर्किएपछि दाहालमाथि यसलाई आगामी २०८४ को चुनावसम्म लानुपर्ने दबाब पनि छ ।

एमाले नेताहरूले माओवादीसँग फेरि एकताबारे ठोस रुपमा अहिलेसम्म केही बोलेका छैनन् । तर दाहालले ओलीसँग गठबन्धनमा फर्किँदा पुरानै नेकपाको शैलीमा लामो समयका लागि अघि बढ्न चाहेको उनीनिकटहरू बताउँछन् ।

दाहालले कार्यक्रममा जनताको पक्षमा अझै राम्रा काम गरेर अहिले स्थापित गलत भाष्यलाई चिर्नुपर्ने पनि बताएका छन् । उनले गणतन्त्र आएपछि देशमा केही पनि नभएको भाष्य नै गलत भएको पनि बताए ।

यद्यपि जनताको आशा र अपेक्षाअनुसार काम नभएको भने उनले स्वीकारे । अहिले देशमा नकारात्मक कुरामा रमाउने प्रवृत्ति हाबी भएको दाहालले बताए ।

देशमा विद्यमान सबैखाले नकारात्मक भाष्य चिर्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुन जरुरी रहेको पनि उनले जिकिर गरे ।

भिडिओ

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : १० बजे

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (तस्बिरहरू)

काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत ६ जनाविरुद्ध

प्रशासन कार्यालय सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी पाए

नेपालगञ्ज– जेन-जी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा