कुनै दलको नाम नलिई प्रचण्डले भने : हामी फेरि एकता प्रक्रियामा अघि बढिसकेका छौँ « Khabarhub

कुनै दलको नाम नलिई प्रचण्डले भने : हामी फेरि एकता प्रक्रियामा अघि बढिसकेका छौँ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू फेरि एकता प्रक्रियामा अघि बढिसकेको बताएका छन् ।

साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरूको शुक्रबार लोकार्पणका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

यद्यपि दाहालले कुन दलसँग एकता प्रक्रिया अघि बढेको भने खुलाएनन् । उनले कुनै पनि दलको नाम उच्चरण नगरी एकता प्रक्रियामा अघि बढिसकेकाले यसमा सबैले भूमिका खेल्नुपर्ने मात्रै भने ।

‘हामी फेरि एकताको प्रक्रियामा फेरि अगाडि बढिसकेका छौँ’, उनले कुनै पनि दलको नाम उच्चरण नगरी भने, ‘यो एकताको प्रक्रियालाई सफल पार्न तपाईं हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’

उनले अहिले एकता प्रक्रियालाई अघि बढाउन सबैले योगदान दिनुपर्ने बताए । ‘हामी सबैले एकता प्रक्रियाका लागि योगदान दिनु आवश्यक छ’, दाहालले भने, ‘मलाई लाग्छ, त्यही नै कमरेड जगतबहादुर बोहोराप्रति सच्च श्रद्धाञ्जली र सच्चा सम्मान हुनेछ ।’

दाहालले कुन दलसँग एकता नखुलाए पनि पछिल्लो समय माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लवसहित पूर्वमाओवादी घटकसँग एकताका लागि पहल गर्दै आएको छ ।

२०८० फागुन २१ गते नेकपा एमालेसँगकै गठबन्धनमा फर्किएपछि दाहालमाथि यसलाई आगामी २०८४ को चुनावसम्म लानुपर्ने दबाब पनि छ ।

एमाले नेताहरूले माओवादीसँग फेरि एकताबारे ठोस रुपमा अहिलेसम्म केही बोलेका छैनन् । तर दाहालले ओलीसँग गठबन्धनमा फर्किँदा पुरानै नेकपाको शैलीमा लामो समयका लागि अघि बढ्न चाहेको उनीनिकटहरू बताउँछन् ।

दाहालले कार्यक्रममा जनताको पक्षमा अझै राम्रा काम गरेर अहिले स्थापित गलत भाष्यलाई चिर्नुपर्ने पनि बताएका छन् । उनले गणतन्त्र आएपछि देशमा केही पनि नभएको भाष्य नै गलत भएको पनि बताए ।

यद्यपि जनताको आशा र अपेक्षाअनुसार काम नभएको भने उनले स्वीकारे । अहिले देशमा नकारात्मक कुरामा रमाउने प्रवृत्ति हाबी भएको दाहालले बताए ।

देशमा विद्यमान सबैखाले नकारात्मक भाष्य चिर्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुन जरुरी रहेको पनि उनले जिकिर गरे ।

भिडिओ

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : १० बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका