पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत छौँ : प्रधानमन्त्री « Khabarhub

पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत छौँ : प्रधानमन्त्री


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन्  ।

शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले विगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन्।

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ ।

उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत रहेको धारणा राख्नुभयो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरूलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए ।

उनले चितवनमा केरा किसानहरूलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : १७ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी