महामन्त्री ढकाललाई रास्वपा सभापति लामिछानेले सोधे स्पष्टीकरण « Khabarhub

महामन्त्री ढकाललाई रास्वपा सभापति लामिछानेले सोधे स्पष्टीकरण


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


32.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको आन्तरिक कुरा मिडियामार्फत अनावश्यक प्रचारबाजी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् ।

उनले पार्टीको वर्तमान अवस्था र भविष्यबारेमा गम्भीर प्रश्न उठाउँदै प्रतिवेदन बुझाएको दुई दिनपछि शुक्रबार महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेका हुन् ।

महामन्त्री ढकालनिकट नेताहरूका अनुसार सभापति लामिछानेले देश दौडाहाका क्रममा तयार पारिएको प्रतिवेदन स्वभाविक भए पनि त्यसबारे अनावश्यक प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

प्रतिवेदनमा भएका कुराहरू ढकालले सुरूमै सञ्चारमाध्यममा फैल्याएको आरोप सभापति लामिछानेले लगाएका छन् ।

त्यही कुरा गलत भएको निष्कर्षसहित लामिछानेले ढकाललाई अनुशासन आयोगमार्फत स्पष्टीकरण पत्र काटेका हुन् ।

लामिछानेले पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपसमेत ढकाललाई लगाएको रास्वपा स्रोतले जनाएको छ ।

रास्वपाले इलाम २ मा भएको गत वैशाख १० को उपनिर्वाचनमा भोगेको नमिठो हारपछि ढकालको नेतृत्वमा नेताहरूलाई देशब्यापी अभियानमा उतारेको थियो ।

आफ्नो नाडी छाम्ने गरी रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएकामध्ये मुख्य नेता थिए महामन्त्री डा. ढकाल ।

देश दौडाहा सकेर आएपछि महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई दिएका थिए ।

गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन लामिछानेलाई बुझाएका थिए ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएपछि पार्टीभित्रै उनलाई कारबाहीको कुरा उठेको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ४१ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह