विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ : नैनसिंह महर « Khabarhub

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ : नैनसिंह महर


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने बताएका छन् ।

कतारको राजधानी दोहामा नेपाली जनसम्पर्क समितिको १७औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका नेपालीले पनि मताधिकारको सदुपयोग गर्न पाउनुपर्ने बताएका हुन्।

‘विदेशमा रहेका नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले देश चलिरहेको छ। अतस् तपाईंहरूलाई राज्यले सम्मान गर्न सक्नुपर्छ। मुलुकको आर्थिक समृद्धि र थुप्रै परिवर्तनमा तपाईंहरूको पनि ठूलो भूमिका छ। तपाईंहरूलाई मताधिकार गर्न राज्यलाई दबाब दिन तयार छु। म तपाईंहरूकै साथमा छु,’ उनले भने।

सरकारले विभिन्न मुलुकसँगको श्रम सम्झौतालाई पनि प्रभावकारी बनाउनुपर्ने उनले बताए। ‘विदेशमा रहेका नेपाली श्रमिकको सुख–सुविधा, सामाजिक सुरक्षालगायत विषयमा सरकारले श्रम सम्झौताको नीति अवलम्बन गर्नुपर्छ,’ उनले भने।

नेपालमा रेमिट्यान्सको सही सदुपयोग हुन नसकेको र विदेशमा रहेर पैसा पठाउने नेपालीको सरकारले उचित सम्मान गर्न नसकेको उनले औंल्याए। वैदेशिक रोजगारीमा गएका आफन्तको शिक्षा र स्वास्थ्यमा पनि सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ।

‘अहिले विश्व साँघुरो घर जस्तो भइसक्यो। नवउदारवादको अवस्थामा हामी आप्रवासनलाई रोक्न सक्दैनौं। मान्छेमा राम्रो सुविधा र सहुलियत प्राप्तिको आकांक्षा हुन्छ। गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्तिको अभिलासा हुन्छ। असीमित आकांक्षा पूर्तिका लागि मानिस एक देशबाट अर्को देशसम्म पुग्नुलाई नराम्रो मान्न सकिन्न। तर, नेपालका नागरिक एसियालगायत मुलुकमा जीविकोपार्जनकै लागि पुग्ने गरेका छन्। यो दुखद कुरा हो। यस विषयमा राज्य गम्भीर हुनुपर्छ,’ नेता महरले भने।

नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने सके ठूलो जनशक्ति स्वदेशमै रोक्न सकिने उनले बताए। युवा पौरख स्वदेशमै खर्चिए मात्र मुलुक निर्माण हुने महरको धारणा छ।

कतारसँग २००५ मा श्रम सम्झौता भएको स्मरण गर्दै महरले अहिले यहाँ पनि ठूलो जनशक्ति कार्यरत रहेको बताए। सरकारले विदेशी लगानी नेपालमा अपेक्षित रुपमा भित्र्याउन नसकिरहेको बताउँदै महरले विदेशमा रहेका नेपाली नागरिक पनि अवैतनिक राजदूत हुने हुँदा नेपालमा लगानी भित्र्याउन सबैले सक्रिय भूमिका वहन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : ४९ बजे

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा