बाँदर नियन्त्रण गर्न कृषि मन्त्रीको ‘वनमा फलफूलका बिरुवा रोप्ने अभियान’ « Khabarhub

बाँदर नियन्त्रण गर्न कृषि मन्त्रीको ‘वनमा फलफूलका बिरुवा रोप्ने अभियान’


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाँदरलगायत वन्यजन्तु नियन्त्रण गर्ने भन्दै ‘दीर्घकालीन योजना’ अघि सारेका छन् ।

मन्त्री अधिकारीले कृषिक्षेत्र सुधारका लागि मन्त्रालयले दीर्घकालीन सोच बनाएर सामुदायिक वनमा फलफूलका बिरुवा रोपण गर्ने कार्यक्रम अभियानकै रूपमा सुरु गर्ने बताए । वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सामुदायिक वनहरूमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्ने उनको भनाइ छ ।

मन्त्री अधिकारीले फलफूल नर्सरी र बेर्ना रोप्ने अभियानलाई व्यापक बनाइने घोषणा गरे । ‘पछिल्लो पटक मध्यपहाडी जिल्लाका किसानको मूख्य समस्या, बाँदरलगायतका जङ्गली जनावरको आतङ्क बढेको गुनासो छ,’ मन्त्री अधिकारीले भने, ‘किसानको उक्त गुनासो सम्बोधन गर्न हामीले वनमा फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई देशव्यापी विस्तार गर्नुपर्नेछ ।’

त्यस्तै, कृषिमन्त्री अधिकारीले कृषियोग्य बाँझो जमिन एकीकरण गरी सामूहिक खेती, करार खेती एवम् सहकारी खेती प्रवर्द्धन गर्ने दीर्घकालीन योजनासहितको कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

मन्त्रालयले दीर्घकालीन सोचअनुरुप, कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न बाँझो जमिनको उपयोग गरी सामूहिक खेती प्रवर्द्धन गर्ने र बाँदर लगायतका जङ्गली जनावरको व्यवस्थापन गर्न सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने अभियान सञ्चालन गर्ने जनाएको छ ।

मन्त्री अधिकारीले कृषि, पशुपन्छी पालन र वनको अन्तरसम्बन्ध स्पष्ट हुने गरी भू–उपयोगमा आधारित कृषि प्रणालीको विकास गर्ने बताए । अधिकारी कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालेको ४० दिनमा गरेका कृषि कार्यक्रमहरू समेत सार्वजनिक गरिएको छ ।

उक्त अवधिमा मन्त्री अधिकारीले रासायनिक मलसम्बन्धी जानकारी दिन किसान कल सेन्टर, कृषि लगानी दशक घोषणा गर्ने, उखु, दूध किसानले पाउनुपर्ने अनुदान र भुक्तानी बक्यौतालगायतका क्षेत्रमा महत्वपूर्ण कामहरू गरेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : १२ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच