ग्लोबल टी-२० : दोस्रो खेलमा सन्दीपले लिए दुई विकेट, दीपेन्द्रको ब्याट चलेन « Khabarhub

ग्लोबल टी-२० : दोस्रो खेलमा सन्दीपले लिए दुई विकेट, दीपेन्द्रको ब्याट चलेन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडा लिगमा लगातार दोस्रो हार खाएको छ।

शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको हो।

उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले दुई विकेट लिए। पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। ब्याटिङतर्फ दीपेन्द्र भने चल्न सकेनन्। २ बलको सामना गरेका उनले १ रन मात्र जोडे। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडे।

भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको बंगला टाइगर्सले ७ विकेटको क्षतिमा १५३ रनको चुनौती दिएको थियो। उसका लागि इफ्तिखार अहमदले अर्धशतक बनाए। ४० बल खेलेका उनले नटआउट ५० रन बनाउन ६ चौका र एक छक्का प्रहार गरे।

सन्दीप र दीपेन्द्र सहभागी टिम भ्यानकुभरका लागि हर्ष ठाकरले नटआउट शानदार अर्धशतक बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। उनले ६७ बलको सामना गर्दै तीन चौका र पाँच छक्काको सहयोगमा ७९ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले टिकेर नखेल्दा भ्यानकुभरले लगातार दोस्रो खेल गुमाउनु परेको हो। पूरै २० ओभर खेलेको भ्यानकुभरले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।

भ्यानकुभरको पहिलो खेल
पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो।

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो। टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो।

सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो। रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : २९ बजे

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार