पेरिस ओलम्पिक : प्रिन्स दाहाल पहिलो खेलमा पराजित, स्यान्टु पनि हारे « Khabarhub

पेरिस ओलम्पिक : प्रिन्स दाहाल पहिलो खेलमा पराजित, स्यान्टु पनि हारे


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेरिस ओलम्पिक २०२४ मा नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा पराजित भएका छन् ।

शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् । भिक्टरले पहिलो सेट २१–८ र दोस्रो सेट २१–६ ले जितेका थिए ।

समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ ।

उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् ।

यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् ।

यसअघि शनिबार साँझ भएको टेबल टेनिसमा नेपाली स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमै पराजित भएका छन् ।

उनी सेनेगलका इब्राहिम डिएवसँग पराजित भएका हुन्। उनी १०–१२, ३–११, ४–११ र ५–११ ले पराजित भए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ०४ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि