कर्णालीमा पर्यटन : २ करोड १४ लाख राजस्व सङ्कलन « Khabarhub

कर्णालीमा पर्यटन : २ करोड १४ लाख राजस्व सङ्कलन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काँक्रेविहारबाट ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख ‘भ्यू टावर’बाट सङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलेखको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल लगायत स्थानको अभिलेख पनि  मन्त्रालयसँग नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १२ : ०१ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार