उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह « Khabarhub

उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । 

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज उद्‌घाटन गर्दै मुख्यमन्त्री सिंहले भने –’मैले व्यवसायीहरुका  समस्या बुझेको छु, उनीहरूलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ । करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ ।’

मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए । धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ थियो । 

मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे । 

‘व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ’, मुख्यमन्त्री सिंहले भने। उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १२ : ४८ बजे

आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन !

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सिंहदरबारमा बसेर राष्ट्रिय आविष्कार केन्द्रले

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आज पार्टी घोषणा

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका

चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

चितवन– चितवनमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द 

म्याग्दी– प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा

कुुखुराको अण्डाको मूल्यमा भारी वृद्धि

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा भारी वृद्धि गरेको