रास्वपाको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल « Khabarhub

रास्वपाको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफैं आधिकारिक महामन्त्री रहेको दाबीसहित निर्वाचन आयोग गुहारेका छन् ।

आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने जिकिर गरेका हुन् ।

२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेर साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो ।

‘मैले पदमुक्त भएको पत्र आजसम्म पार्टीबाट प्राप्त गरेको छैन’, निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने अवैधानिक हो । त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३ दिनभित्र अद्यावधिक गर्न आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्न मागसहित यो पत्र माननीयज्यूसामु पेश गरेको छु ।’

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय गरेको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालले जिकिर गरेका छन् ।

तर पार्टीले कारबाही गरेपछि ढकालले सञ्चारमाध्यममा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिव वाग्लेविरुद्ध तिखा र गम्भीर टिप्पणी गरेका छन् । त्यसले पार्टीमा उनको पुनरागमन करिब समाप्त भएको चर्चाबीच आयोगमा निवेदन परेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : ०४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन